२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

चिकित्सक र नर्समा कोरोना देखिएपछि कोहलपुर मेडिकल कलेजको प्रस्तुतिगृह सिल

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

महेन्द्र सिंह बाके कोहलपुरमा चिकित्सक र नर्सलाई समेतलाई कोरोना देखिएपछि कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालको प्रसूति गृह सिल गरिएको छ । शुक्रबार बाँकेका ४९ जना कोरोना संक्रमित पुष्टि भएकामध्ये ६ जना यही मेडिकल कलेजका स्वास्थ्यकर्मी थिए । जसमा एक जना चिकित्सक र ५ जना नर्स थिए । संक्रमित स्वास्थ्यकर्मी प्रसूति गृह मा कार्यरत थिए । अस्पतालको सहायक निर्देशक डा. दिनेश श्रेष्ठका लेबर रुम सिल भएकाले अत्यावश्यक बिरामीलाई नेपालगन्जको भेरी अस्पताल र मेडिकल कलेजमा रिफर गर्नुपरेको बताउनु भयो। उहिले पीसीआर रिर्पोट ढिलो आउँदा स्वास्थ्यकर्मीले ढुक्क भइ काम गर्न नसकेको सुनाउनुभयो । २१ गते अस्पतालका १० जना स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पठाएकोमा ५ जनाको मात्रै शुक्रबार रिपोर्ट आएको थियो । अरु ५ जना आत्तिएर अस्पतालमै बसेका छन् । बाँकेमा शुक्रबार ४९ जनामा कोरोना पुष्टि त्यस्तै, शनिबार ५० देखि ६० जना स्वास्थ्यकर्मीको पीसीआर जाँचका लागि पठाउनु पर्ने छ । रिपोर्ट समयमै नआउँदा काम गर्न असहज भएको डा. श्रेष्ठले बताउनुभयोप । उहाँका अनुसार अस्पतालको मर्चरीमा दुई वटा शव राख्ने क्षमता छ । यद्यपि पीसीआर रिपोर्ट ढिला आएकै कारण तीन शव थपेर राख्न बाध्य भएको बताउनुभयो । ‘बेलैमा रिपोर्ट आइदिए शव व्यवस्थापन गर्न सजिलो हुन्थ्यो’, उहाँले भन्नुभयो । अस्पतालमा दैनिक १० देखि १५ जना सुत्केरी आउने गर्छन् । अस्पतालको लेबर रुप सिल भएकाले बिरामीले अनावश्यक दुख झेल्नु परेको उहाँको भनाइ रहेको छ बाके स्वास्थ्य कार्यालयका प्रमुख एबम कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वाब संकलनमा ढिलाइ हुदा र प्रक्रिया पुर्याउँदा कम्तीमा तीन दिन लाग्ने बताउनुभयो । उहाँले पीसीआर रिपोर्ट समयमै बुझाएको दाबी गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!