०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

चिकित्सक र नर्समा कोरोना देखिएपछि कोहलपुर मेडिकल कलेजको प्रस्तुतिगृह सिल

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

महेन्द्र सिंह बाके कोहलपुरमा चिकित्सक र नर्सलाई समेतलाई कोरोना देखिएपछि कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालको प्रसूति गृह सिल गरिएको छ । शुक्रबार बाँकेका ४९ जना कोरोना संक्रमित पुष्टि भएकामध्ये ६ जना यही मेडिकल कलेजका स्वास्थ्यकर्मी थिए । जसमा एक जना चिकित्सक र ५ जना नर्स थिए । संक्रमित स्वास्थ्यकर्मी प्रसूति गृह मा कार्यरत थिए । अस्पतालको सहायक निर्देशक डा. दिनेश श्रेष्ठका लेबर रुम सिल भएकाले अत्यावश्यक बिरामीलाई नेपालगन्जको भेरी अस्पताल र मेडिकल कलेजमा रिफर गर्नुपरेको बताउनु भयो। उहिले पीसीआर रिर्पोट ढिलो आउँदा स्वास्थ्यकर्मीले ढुक्क भइ काम गर्न नसकेको सुनाउनुभयो । २१ गते अस्पतालका १० जना स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पठाएकोमा ५ जनाको मात्रै शुक्रबार रिपोर्ट आएको थियो । अरु ५ जना आत्तिएर अस्पतालमै बसेका छन् । बाँकेमा शुक्रबार ४९ जनामा कोरोना पुष्टि त्यस्तै, शनिबार ५० देखि ६० जना स्वास्थ्यकर्मीको पीसीआर जाँचका लागि पठाउनु पर्ने छ । रिपोर्ट समयमै नआउँदा काम गर्न असहज भएको डा. श्रेष्ठले बताउनुभयोप । उहाँका अनुसार अस्पतालको मर्चरीमा दुई वटा शव राख्ने क्षमता छ । यद्यपि पीसीआर रिपोर्ट ढिला आएकै कारण तीन शव थपेर राख्न बाध्य भएको बताउनुभयो । ‘बेलैमा रिपोर्ट आइदिए शव व्यवस्थापन गर्न सजिलो हुन्थ्यो’, उहाँले भन्नुभयो । अस्पतालमा दैनिक १० देखि १५ जना सुत्केरी आउने गर्छन् । अस्पतालको लेबर रुप सिल भएकाले बिरामीले अनावश्यक दुख झेल्नु परेको उहाँको भनाइ रहेको छ बाके स्वास्थ्य कार्यालयका प्रमुख एबम कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वाब संकलनमा ढिलाइ हुदा र प्रक्रिया पुर्याउँदा कम्तीमा तीन दिन लाग्ने बताउनुभयो । उहाँले पीसीआर रिपोर्ट समयमै बुझाएको दाबी गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

error: Content is protected !!