०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

५. नम्बर प्रदेश सांसद नमुनालाई कोरोना पुष्टि

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

ए  बि  सी संचार बाँके प्रदेश नम्बर ५ का सांसद कृष्णा केसी नमूनालाई कोरोना पुष्टि भएको छ । कोरोनाको जोखिमका बीचमा जनताको काममा खटिनु भएकी सांसद नमूनालाई शनिबार कोरोना पुष्टि भएको हो । सांसद नमूनाले एक हप्ता यता आफूसँग सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्नु भएको छ । लकडाउनको बीचमा नरैनापुरमा बिजुली बाल्न तथा त्यसपछि पनि जनताको काममा नमूनाको दौडधुप निरन्तर भइरहेको थियो । क्वारेन्टाइन व्यवस्थापन र भारतबाट आएकालाई सम्बन्धित ठाउँमा पठाउने काममा नमूना शुरुदेखि नै लाग्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

error: Content is protected !!