२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सल्यान प्रहरीले माक्स नलगाउने धमाधम जरिवाना कार्वाही गर्दै

Logo
प्रकाशित आइतबार, साउन २५, २०७७

मनाेज डाँगी सल्यान काेराेना भाइरस महामारी बाट वचन सरकारले नागरिकहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेपनि उक्त आग्रहलाई अटेर गर्दा प्रहरीले जरिवाना गर्दै आएको छ ।सल्यानमा मास्क नलगाई जथाभावी हिड्ने बाट प्रहरीले अहिलेसम्म जरिवाना स्वरुप एक लाख ४७ हजार ९ सय रुपैयाँ जम्मा गरेको जानकारी दिएको छ ।
मास्क नलगाएर स्थानीयहरु जथाभावी हिड्न थालेकोले प्रहरीले एक सय रुपैयाँ जरिवाना काटेर उक्त रकम असुलेको हो । हाल सम्म प्रहरीले १ हजार ४सय ७९ जनालाई कारबाही गरेको छ । काेराेना भाइरस संक्रमणकाे जाेखिमलाई न्युनिकरण गर्न सरकारले मास्क अनिवार्य गरेका हुदा सल्यानले कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । याे क्रम नियमित जारि रहने प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।साथै सल्यान जिल्लामा मास्क नलगाई हिडेका मजदुर तथा अति गरिब बिपन्नलाइ निशुल्क मास्क दिदै उनिहरुलाइ काेराेना सम्बन्धि जानकारी समेत दिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]