
एबिसी संचार काठमाडौं भारतीय सेनाले आज नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको हो । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेन्टिलेटर नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक कार्यक्रममा बीच राजदूत क्वात्राले यी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।