२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सिल गरिएको स्थानहरुमा बाँके जिल्लाका सुरक्षा प्रमुखहरु सडकमा

Logo
प्रकाशित आइतबार, साउन २५, २०७७

महेन्द्र सिंह
बाँके नेपालगन्ज विशेष गरी नेपालगन्जमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गरेपछि गएराति देखि नेपालगन्ज क्षेत्र सिल गरेको छ । शिल गरिएको क्षेत्रलाई नेपाली सेनाको नियन्त्रणमा छ । सिल गरिएको नेपालगन्जको क्षेत्रलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङ्गलेअनुगमन गरेका छन् ।
प्रजिअ कुरुम्वाङ्गले सिल गरिएको क्षेत्र शान्त र सुनसान रहेको जानकारी दिए । उनले शिल गरिएको क्षेत्रमा कोही प्रवेश नगरेको, नागरिकले नियम पालना गरेको जानकारी दिंदै आफै संयमित रहन सबैसंग आग्रह समेत गरे । ‘तपाईहरु आफै घरमै बसिदिनु भयो भने कारोना नियन्त्रण भएर जान्छ । धैर्य गरिदिनु होस्, बाहिर ननिस्कि दिनुहोस् । नागरिकको सहयोगले धेरै कुरा राम्रो भएर जान्छ ।’ प्रजिअ कुरुम्वाङ्गले भने ।
दिनानुदिन कोरोना पोजेटिभ बढ्दै गएपछि बाँके जिल्लामा निशेधाज्ञा जारी गरिएको छ भने नेपालगन्जको पुष्पलाल चोक देखि गणेशमान चोक हुँदै चारवाहिनी रोड फुल्टेक्रा हुँदै विचको क्षेत्र मंगलबार रातिसम्मका लागि सबै सिल गरिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!