३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

सिल गरिएको स्थानहरुमा बाँके जिल्लाका सुरक्षा प्रमुखहरु सडकमा

Logo
प्रकाशित आइतबार, साउन २५, २०७७

महेन्द्र सिंह
बाँके नेपालगन्ज विशेष गरी नेपालगन्जमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गरेपछि गएराति देखि नेपालगन्ज क्षेत्र सिल गरेको छ । शिल गरिएको क्षेत्रलाई नेपाली सेनाको नियन्त्रणमा छ । सिल गरिएको नेपालगन्जको क्षेत्रलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङ्गलेअनुगमन गरेका छन् ।
प्रजिअ कुरुम्वाङ्गले सिल गरिएको क्षेत्र शान्त र सुनसान रहेको जानकारी दिए । उनले शिल गरिएको क्षेत्रमा कोही प्रवेश नगरेको, नागरिकले नियम पालना गरेको जानकारी दिंदै आफै संयमित रहन सबैसंग आग्रह समेत गरे । ‘तपाईहरु आफै घरमै बसिदिनु भयो भने कारोना नियन्त्रण भएर जान्छ । धैर्य गरिदिनु होस्, बाहिर ननिस्कि दिनुहोस् । नागरिकको सहयोगले धेरै कुरा राम्रो भएर जान्छ ।’ प्रजिअ कुरुम्वाङ्गले भने ।
दिनानुदिन कोरोना पोजेटिभ बढ्दै गएपछि बाँके जिल्लामा निशेधाज्ञा जारी गरिएको छ भने नेपालगन्जको पुष्पलाल चोक देखि गणेशमान चोक हुँदै चारवाहिनी रोड फुल्टेक्रा हुँदै विचको क्षेत्र मंगलबार रातिसम्मका लागि सबै सिल गरिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!