३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

बाँके जिल्लामा शिल एरियामा नेपाली सेनाको निगरानी

Logo
प्रकाशित आइतबार, साउन २५, २०७७

महेन्द्र सिंह
बाँके नेपालगन्जको शिल गरिएको क्षेत्रमा सेना परिचालन गरिएको छ ।
निषेधाज्ञा जारी गरिएपनि मानिसहरुको हिँड्डुल पूर्ण नियन्त्रण हुन नसकेपछि गएराति १२ बजेदेखि बढी जोखिमयुक्त क्षेत्रलाई शिल गरेर सेनाको उपस्थितिमा निगरानी बढाइएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या पनि बढाइएको छ । नेपालगन्ज बजार क्षेत्रमा आज विहानैदेखि निकै कडाई गरिएको छ । अनावश्यक हिँड्डुललाई पूरै नियन्त्रण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।
कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेपछि नेपालगन्ज उपमहानगरपालिकाको सुर्खेत रोड पूर्वको क्षेत्र शिल गरिएको हो । सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाउँ, बाँकेगाउँबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्णरुपमा शिल गरिएको हो ।
शिल गरिएको क्षेत्रमा स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्णरुपमा रोक लगाइएको छ । साथै हिंड्डुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
यसका साथै प्रशासन कार्यालयले गत आइतबारदेखि लगाइएको निषेधाज्ञाको समय अबधि समेत बढाएको छ । आगामी मंगलबारसम्म निषेधाज्ञा लम्ब्याइएको छ । गत आइतबारदेखि लगाइएको निषेधाज्ञाको समय अबधि हिजो समाप्त हुँदै थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!