२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

सदस्यलाई नविकरणमा सहुलियत दिन प्रेस युनियन अध्यक्ष वलीको महासंघ केन्द्रलाई अपिल

Logo
प्रकाशित आइतबार, साउन २५, २०७७


महेन्द्र सिंह
बाँके देश यतिबेला कोरोना माहामारीले आक्रान्त बनिरहेको छ ।
यतिबेला सबै क्षेत्र धरासायी बनिरहेको छ । अधिकाम्स जिल्लामा शिल, निषेधआज्ञा छ । दिनहुुँ संक्रमितको संख्या बढीरहेको छ । सबै कार्यालयका सेवा बन्द गरिएका छन । कोरोना समुदाय स्तरमै फैलिसकेको छ । ठाँउ-ठाँउमा सेना परिचालन भएका छन ।
कोरोना महामारीको जोखिम पनि उत्तिकै छ । पत्रकारलाई सेना, प्रहरीले हिड्न छुट दिएपनि कोरोना भाईरसले पक्कैपनि दिदैन होला ? यस्तो अवस्थामा एउटा पत्रकार कसरी नविकरण गराउन र नया सदस्यताको फाइल बुझाउन महासंघको कार्यालयमा जान सक्छ ?? कोरोना भाइरसले पत्रकारलाई चिन्दैन । यो जटिल अवस्थामा पत्रकारले आफ्नो सदस्यता नविकरण र नयाँ सदस्यताको फाराम कसरी बुझाउन सक्लान ?? यस विषयमा केही दिनअघि समग्र पत्रकारको समस्यालाई समेटेर पत्रकार महासंघ बाके शाखालाई मेरो नेतृत्वमा एउटा ध्यानाकर्षण पत्र बुझाएका पनि थियौ । यो विषम परिस्थितिमा महासंघ केन्द्रिय समितीले सदस्यता नविकरण र नयाँ सदस्यता फाराम बुझाउने म्याद बढाउनुको अर्को बिकल्प छैन ।
अर्को कुरा महासंघले नवीकरण शुल्क वापत वर्षको १०००/- रुपैयाको दरले शुल्क बुझाउन भनेको छ । यसअघि ५००/- का दरले शुल्क बुझाउदै आएका पत्रकार साथीहरु यसवर्ष नवीकरण शुल्क बढाएर १०००/- पुर्याउदा निराश बनेका छन । जिल्लामा चलेका अधिकाम्स संचार माध्यम बन्द अवस्थामा छन, खुलेका सन्चार माध्यमले पनि पत्रकारलाई अहिले तलब दिन नसकेको र केहीले आधा तलब दिइरहेको अवस्था छ ।
यस्तो अवस्थामा पत्रकारले २ देखी ३ वर्षको नवीकरण शुल्क बुझाउनै नसक्ने जिल्लाका आम पत्रकार साथीहरुबाट गुनासो आएको छ ।
हरेक सस्था, निकायले कोरोना महामारीलाई मध्यनजर गरेर सहुलियत दिइरहेका बेला महासंघले पनि समस्यामा परेका आफ्ना सदस्यलाई नविकरणमा केही प्रतिशत भएपनि सहुलियत दिएको खण्डमा अहिले अप्ठ्यारो अवस्थामा परेका देशभरका पत्रकारहरुले यो महामारीको समयमा पक्कैपनि राहत महसुस गर्ने थिए, अध्यक्ष ज्यु
अर्जुन ओली अध्यक्ष नेपाल प्रेस युनियन बाके

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!