०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

काठमाडौं प्रहरीको प्रवक्तामा एसपी सिंह राठौर

Logo
प्रकाशित सोमबार, साउन २६, २०७७

एबिसी संचार
काठमाडौं प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर महानगरीय प्रहरी परिसर काठमाडौँको प्रवक्ता/सुचना अधिकारी तोकिएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका युनिटले गरेको काम कारवाहीलाई तथ्यगत रुपमा सम्प्रेषण गर्नका लागि एसपी राठौरलाई प्रवक्ता तथा सुचना अधिकारीको जिम्मेवारी दिइएको हो ।
छ महिना अगाडी पर्सा प्रहरी प्रमुखको जिम्मेवारीबाट काठमाडौँ परिसरमा सरुवा भएका राठौर अपराध अनुसन्धान, कमाण्ड कन्ट्रोल र अप्रेशनमा अब्बल मानिन्छन् । एसपी राठौरसँग लामो समय काठमाडौँ उपत्यकामा बसेर ‘पुलिसिङ’ गरेको अनुभव छ ।
आक्रामक ‘पुलिसिङ’ गर्नुपर्छ भन्ने मान्यता राख्ने एसपी राठौर नेपाल प्रहरीमा इमानदार र व्यावसायिक अधिकृतको रुपमा परिचित छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसपी राठौरलाई आगामी भदौको सरुवामा रुपन्देही प्रहरी प्रमुखको जिम्मेवारी दिने बिषयमा समेत छलफल भएको बुझिएको छ ।
यसअघि काठमाडौं प्रहरी प्रवक्ता रहेका डीएसपी राजकुमार केसीलाई हटाएर एसपी राठौरलाई जिम्मेवारी दिइएको बताइएको छ ।
एसपी राठौरलाई मोबाइल नम्बर ९८५१११५०७७ मा सम्पर्क गर्न सकिने पनि महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!