११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

नेबिसंघ पर्साद्वारा ३ जना नेता प्रकाउ

Logo
प्रकाशित सोमबार, साउन २६, २०७७

राहुल गुप्ता, साउन २६ गते । वीरगन्जमा आज जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गर्न गएका नेपाल विद्यार्थी संघ का ३ नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ पर्सा का सभापति बिकास तिवारी, उपाध्यक्ष शेख हजरा र मनोज साह हुन ।
उनीहरुलाई पक्राउ गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयको गेट अगाडी केहिबेर नेवि संघ आवद्ध विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो । पाँच बुँदे माग राखेर शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरीले लाठिचार्ज गर्नुको साथै आफूसहित तीन जनालाई पक्राउ गरेको सभापति तिवारीले जानकारी दिए ।
‘वीरगञ्जमा उपचार नपाएर अनाहकमा ६ जनाको ज्यान गईसकेको छ । जनस्वास्थ्यमा लापरबाही गर्ने निकायलाई कारबाही गर्नुको साटो प्रशासन मौन छ ।’ उनले भने ‘त्यसैले शान्तिपूर्ण रुपमा प्रशासन घेर्न गएका हौं, तर एक्कासी प्रहरी आएर लाठिचार्ज गर्नुको साथै पक्राउ गरेर ल्याएको छ ।’
प्रहरीको लाठिचार्जबाट आफ्नो ढाड र खुट्टामा चोट लागेको र अन्य थुप्रै साथीहरुलाई पनि चोट लागेको तिवारीले बताए ।
नारायणी अस्पताललाई जेनरल सेवा सुविधासहित सर्वसाधरणलाई खुल्ला गरियोस, अस्पतालहरुले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएका पीडितहरुलाई न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, दोषी अस्पताललाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, कोरोनाले गर्दा खाई कमाई गर्न नसक्ने गरिब तथा सर्वसाधरणलाई राहतको व्यवस्था गर्नुपर्ने र कोरोनाको भयावह स्थितिलाई सामान्य बनाउन उचित स्वास्थ्य सामाग्री, चिकित्सक, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने मागसहितको व्यानर लिएर उनीहरु जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी […]

झापा । सामाजिक सञ्जालमा भाइरल गायक अशोक दर्जीलाई एक किशोरले थप्पड हानेको र ‘पैसा चोरी गरेको’ आरोप लगाएको भिडिओ सार्वजनिक भएसँगै उनका शुभचिन्तक चिन्तामा परेका छन् । गायक दर्जीले आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दिएको लिखित निवेदन पनि सार्वजनिक भएको छ । केही सेकेन्डको भिडियो हिजो राति […]

error: Content is protected !!