०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेबिसंघ पर्साद्वारा ३ जना नेता प्रकाउ

Logo
प्रकाशित सोमबार, साउन २६, २०७७

राहुल गुप्ता, साउन २६ गते । वीरगन्जमा आज जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गर्न गएका नेपाल विद्यार्थी संघ का ३ नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ पर्सा का सभापति बिकास तिवारी, उपाध्यक्ष शेख हजरा र मनोज साह हुन ।
उनीहरुलाई पक्राउ गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयको गेट अगाडी केहिबेर नेवि संघ आवद्ध विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो । पाँच बुँदे माग राखेर शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरीले लाठिचार्ज गर्नुको साथै आफूसहित तीन जनालाई पक्राउ गरेको सभापति तिवारीले जानकारी दिए ।
‘वीरगञ्जमा उपचार नपाएर अनाहकमा ६ जनाको ज्यान गईसकेको छ । जनस्वास्थ्यमा लापरबाही गर्ने निकायलाई कारबाही गर्नुको साटो प्रशासन मौन छ ।’ उनले भने ‘त्यसैले शान्तिपूर्ण रुपमा प्रशासन घेर्न गएका हौं, तर एक्कासी प्रहरी आएर लाठिचार्ज गर्नुको साथै पक्राउ गरेर ल्याएको छ ।’
प्रहरीको लाठिचार्जबाट आफ्नो ढाड र खुट्टामा चोट लागेको र अन्य थुप्रै साथीहरुलाई पनि चोट लागेको तिवारीले बताए ।
नारायणी अस्पताललाई जेनरल सेवा सुविधासहित सर्वसाधरणलाई खुल्ला गरियोस, अस्पतालहरुले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएका पीडितहरुलाई न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, दोषी अस्पताललाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, कोरोनाले गर्दा खाई कमाई गर्न नसक्ने गरिब तथा सर्वसाधरणलाई राहतको व्यवस्था गर्नुपर्ने र कोरोनाको भयावह स्थितिलाई सामान्य बनाउन उचित स्वास्थ्य सामाग्री, चिकित्सक, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने मागसहितको व्यानर लिएर उनीहरु जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यकाका प्रहरी प्रमुख एआइजी ईश्वर कार्कीले सम्पन्न भएको एनपीएल खेल र नेकपा एमालेको महाधिवेशन कार्यक्रमलाई सभ्य र मर्यादित बनाउन सुरक्षा योजना लिएर फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिएका छन्। एआईजी कार्कीले नेपाल प्रहरीले बनाएको सुरक्षा योजना अनुसार फिल्ममा खटेर आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले निर्वाह गरेको भन्दै एसएसपीदेखि जवानसम्मका कर्मचारीलाई धन्यवाद दिएका छन्।

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

error: Content is protected !!