२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

दाङको तुल्सीपुरमा २९ जना नेपाली सेनामा कोरोना पुष्टि

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

तेज वली
दाङमा २९ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना देखिएको छ । साउन १८ गते संक्रमण देखिएका जवानाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको १९ नम्बर बाहिनीका फोकल पर्सन बिकास आचार्यले जानकारी दिनुभयो ।
प्युठानमा कार्यरत एक जवान साउन १४ गते ट्रेनिङका लागि नेपालगञ्ज जाँदै गरेको समयमा स्वास्थ्य समस्या देखिएपछि साउन १६ गते स्वाब संकलन गरि परिक्षण गर्दा संक्रमण देखिएको थियो । ति जवानमा संक्रमण देखिएपछि उनकोम सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको हो । अन्य २ जनाको रिर्पोट भने नेगेटीभ आएको छ । २९ जना सबै बाहिनी भित्रैको आइसोलेसनमा बसेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]