२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

सल्यानमा नदीले बगाउँदा एकजनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

एबिसी संचार
सल्यानमा नदिले बगाउँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षापछि शारदा नदीमा आएको बाढीले बगाउँदा कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरका लेवाराम रावतको मृत्यु भएको हो । खेतमा जाने क्रममा २५ वर्षीय रावतलाई हिजो बिहान नदीले बगाएको थियो ।
आज कालिमाटीकै दलपुरे भन्ने ठाउँमा उहाको शव फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव पोस्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुर ल्याइएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले बताउनुभयो । दुई साताअघि पनि शारदाले बगाउँदा दलपुरेनजिकै एक बालकको मृत्यु भएको उहाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।