२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लागुपदार्थ दुव्र्यशनी विरुद्ध प्रशिक्षण डिएसपी सिंहको कलाश

Logo
प्रकाशित बुधबार, साउन २८, २०७७

तेज वली
दाङ तुलसीपुरकाे बिजाैरी स्थित रहेकाे नयाँ पाइला पुर्नस्थापना केन्द्रमा संसददेखि प्रहरी सम्मले प्रशिक्षण दिएका थिए । पुर्न स्थापना केन्द्रमा रहेका ३९ जना उपचारार्थीहरुको मनोबल बढाउन, समाजमा पुन रुपान्तरित हुन, घर परिवारसंग घुलमिल हुन र सामाजिक रुपमा नेतृत्व क्षमता बढाउन प्रशिक्षण दिइएको नयाँ पाइला पुर्न स्थापना केन्द्रका निर्देशक सुरेश भुसालले जानकारी दिए ।
सांसद सुजिता शाक्यले प्राकृतिक मनोरम वातावरणमा दैनिक योगाअभ्यास, भवतित ज्ञान, ध्यानजस्ता कुरामा ध्यान दिनुपर्ने सुझाव दिए ।त्यसैगरी दुव्र्यशनीहरुको रुचिअनुसारका काम गर्ने सक्ने वातावरण तयार गर्नुपर्नेमा जाेड दिनुभयाे ।
प्रशिक्षणका क्रममा पुगेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंहले विगतमा विविध कारणले कुलतमा फसेको हुन सक्ने भन्दै भविष्यमा योग्य, सक्षम र समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने खुबी बनाउन आग्रह गरेका थिए ।
प्रहरीले लागु पदार्थ दुव्र्यशनीका कारण समाजमा घट्न सक्ने घटनाहरुलाई नियन्त्रित गरी सुसभ्य समाज निर्माणका लागि टोल टोलमा सुरक्षा समिति गठन गरी प्रशिक्षणात्मक अभियान सुरु गरिएको प्रहरी प्रमुख शिबबहादुर सिंहले बताए ।
नयाँ पाइला पुर्नस्थापना केन्द्रमा हालसम्म नौ सयभन्दा बढीले उपचार लिइसकेका छन् भने हाल दिवा सेवामा १५ जना र उपचारार्थीहरु ३९ जना रहेको निर्देशक भुसालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।