२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लागुपदार्थ दुव्र्यशनी विरुद्ध प्रशिक्षण डिएसपी सिंहको कलाश

Logo
प्रकाशित बुधबार, साउन २८, २०७७

तेज वली
दाङ तुलसीपुरकाे बिजाैरी स्थित रहेकाे नयाँ पाइला पुर्नस्थापना केन्द्रमा संसददेखि प्रहरी सम्मले प्रशिक्षण दिएका थिए । पुर्न स्थापना केन्द्रमा रहेका ३९ जना उपचारार्थीहरुको मनोबल बढाउन, समाजमा पुन रुपान्तरित हुन, घर परिवारसंग घुलमिल हुन र सामाजिक रुपमा नेतृत्व क्षमता बढाउन प्रशिक्षण दिइएको नयाँ पाइला पुर्न स्थापना केन्द्रका निर्देशक सुरेश भुसालले जानकारी दिए ।
सांसद सुजिता शाक्यले प्राकृतिक मनोरम वातावरणमा दैनिक योगाअभ्यास, भवतित ज्ञान, ध्यानजस्ता कुरामा ध्यान दिनुपर्ने सुझाव दिए ।त्यसैगरी दुव्र्यशनीहरुको रुचिअनुसारका काम गर्ने सक्ने वातावरण तयार गर्नुपर्नेमा जाेड दिनुभयाे ।
प्रशिक्षणका क्रममा पुगेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंहले विगतमा विविध कारणले कुलतमा फसेको हुन सक्ने भन्दै भविष्यमा योग्य, सक्षम र समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने खुबी बनाउन आग्रह गरेका थिए ।
प्रहरीले लागु पदार्थ दुव्र्यशनीका कारण समाजमा घट्न सक्ने घटनाहरुलाई नियन्त्रित गरी सुसभ्य समाज निर्माणका लागि टोल टोलमा सुरक्षा समिति गठन गरी प्रशिक्षणात्मक अभियान सुरु गरिएको प्रहरी प्रमुख शिबबहादुर सिंहले बताए ।
नयाँ पाइला पुर्नस्थापना केन्द्रमा हालसम्म नौ सयभन्दा बढीले उपचार लिइसकेका छन् भने हाल दिवा सेवामा १५ जना र उपचारार्थीहरु ३९ जना रहेको निर्देशक भुसालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!