प्रकशित मिति : २९ श्रावण २०७७, बिहीबार ०८:००

एबिसी संचार
काठमाडौं कोरोना संक्रमण फैलँदै गएपछि बिहीबारदेखि सवारी पास वितरण बन्द गर्ने गृह मन्त्रालयको निर्णय गरेको छ ।
बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए ।
गत साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले काठमाडाैं उपत्यका र सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा अतिआवश्यक बाहेक अन्तरजिल्ला आवागमन बन्द गरेकाे थियाे । अति आवश्यक कामले सवारीसाधन लिएर अन्तरजिल्ला जानु परे जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिनु पर्दथ्याे ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com