२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

आफ्नो होटलमा काम दिन्छु भन्दै १५ वर्षीया बालिकालाइ जंगलमा लगेर बलात्कार

Logo
प्रकाशित बिहिबार, साउन २९, २०७७

एबिसी संचार
सल्यानमा जर्बरजस्ती करणी गरेको आ’रोपमा सल्यान प्रहरीले एक होटल सञ्चालकलाई प’क्राउ गरेको छ । आफ्नो होटलमा काम लगाई दिन्छु भनी ललाई फकाई १५ वर्षीया बालिकालाइ बला’त्कार गरेको आरोपमा शारदा नगरपालिका १ श्रीनगरका ४५ वर्षीय हाेटल संचालक हिमराज बुढाथोकीलाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएकी ती बालिकालाइ उनका बुबासंग श्रीनगरमा आफ्नै हाेटलमा काम लगाइ दिन्छु भनी घरबाटै लिएर आएको र होटलमा नलगी चल्ला फर्ममा जाम भन्दै भगवती खोलाको जंगलमा लगेर बला’त्कार गरेको पीडित बालिकाले बताएकी छन् ।
मासिक तीन हजार रुपैयाँमा होटलमा झाडुपुछा लाउने कामका लागी पीडितका बुवा संग स्वीकृति लिएपनि आफुले जान न मानेपछि जबरजस्ती घरबाट लगेको बालिकाको आ’रोप छ । यस अघि दीदीलाइ पनि मासिक १० हजार रुपैयाँ तलब दिन्छु भनी कामको प्रलोभन देखाएको तर दिदी जान नमाने पछि आफुलाइ काम लगाइ दिन्छु भन्ने बहानामा लगी बला’त्कार गरेको उनले बताइन् ।
होटेल संचालकलाई शनिबार दिउँसो शारदा नगरपालिका १२ रेशमज्युलाबाट प’क्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!