२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

बाँके प्रशासनले बिहीबारदेखि सवारी पास वितरण बन्द गरियो

Logo
प्रकाशित बिहिबार, साउन २९, २०७७

महेन्द्र सिंह बाँके जिल्ला प्रशासन कार्यालय बाँकेले बाह्य जिल्ला आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको परिपत्र अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए ।
‘काठमाण्डौं तथा अन्य बाहिरी जिल्लाहरुमा अत्यावश्यक कामकाजमा जानकालागि सहजिकरण गर्न वितरण हुँदै आएको सवारी पास नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार अर्को सूचना जारी नभएसम्मकालागि पूर्ण रुपमा बन्द गरीएको छ’ बिहिबार प्रशासन कार्यालयद्धारा जारी सूचनामा भनिएको छ ।
गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न परिपत्र गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!