११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

बाँकेमा शुक्रबारदेखि निषेधाज्ञा हटेयो

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

महेन्द्र सिंह बाँके स्थानीय प्रशासनले शुक्रबार रातीसम्म भन्दै जारी गरेको निषेधाज्ञा पूरा भएसँगै निषेधाज्ञा हट्ने भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निषेधाज्ञा हट्ने जानकारी दिनुभयो । ‘अब निषेधाज्ञा थपिदैन, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, हेरौं, अति नै कोरोना संक्रमित बढे भने पछि निर्णय हुन सक्छ ।’
बाँकेमा साउन १७ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । यो बीचमा केही दिन त्रिभुवनचोक, बाँकेगाउँ, बसपार्क, फूल्टेक्रा एरियालाई तीन दिन सील गरिएको थियो । निषेधाज्ञा हटेपनि स्वास्थ्य सुरक्षामा सावधानी अपनाउन जरुरी देखिएको छ । मास्क लगाएर हिड्ने, बेलाबेलामा सेनिटाइजर प्रयोग गर्ने र भौतिक दुरी काम गर्नुपर्ने हुन्छ । स्थानीय प्रशासनले मास्क नलगाएर हिड्नेलाई कारबाही गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

error: Content is protected !!