११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

पत्रकार बानियाँको मृत्युको छानविन हुनुपर्छ महासंघ उपाध्यक्ष पोख्रेल

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

सागर थापा दाङ नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकार बलराम बानियाँको रहस्यमयी मृत्युको गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन ।
रेडियो कार्यक्रम ‘शान्त तलाउको समिक्षात्मक कार्यक्रममा शुक्रवार दाङको तुलसीपुरमा बोल्दै केन्द्रीय उपाध्यक्ष पोख्रेलले उनको मृत्युलाई स्वभाविक मान्न सकिने कुनै पनि ठाउँ नभएको भन्दै मृत्युबारे छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन राज्यसँग माग गरेका हुन् ।
‘निष्ठापूर्वक २५ बर्षभन्दा लामो समय पत्रकारिता गरेका व्यक्तिको यसरी रहस्यमय ढंगले मृत्यु हुनु नेपाली समाजका लागि चुनौती हो’घट्नाको चित्रण गर्दा खोलामा जुत्ता अट्किएर दुर्घटना भएको भनिएको सन्दर्भप्रति संकेत गर्दै पोख्रेलले भने–‘राजधानीमै यस्तो अवस्था छ भने दुरदराजका बासिन्दाहरु जोखिमपूर्ण अवस्थासँग जुध्दैछन् भन्ने कुराको अनुमान लगाउन सकिन्छ ?’
उपाध्यक्ष पोख्रेलले रहस्यमय ढंगले र अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न राज्यका सवै संमयन्त्रहरु गम्भीर हुनुपर्ने बताएका हुन । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका बानियाँ कान्तिपुर दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत रहेका थिए ।
बानियाँको शव साउनको २८ मकवानपुरको सिस्नेरीस्थीत मान्डु जलविद्युत परियोजनाको क्षेत्रमा फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!