प्रकशित मिति : ३१ श्रावण २०७७, शनिबार ०८:०५

एबिसी संचार
काठमाडौँ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारका अनुसार असई कार्कीले उक्त पेट्रोल पम्पमा कार्यरत हुँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा एक करोड आठ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
असई कार्की प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार अख्तियारमा दाखिला भएका थिए । असई कार्कीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com