२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

कामदारहरुमा कोरोना सङ्क्रमण देखिए पछी सुनचाँदी पसल बन्द

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

एबिसी संचार काठमाडौं कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न शुक्रबारबाट न्युुरोड विशाल बजारदेखि इन्द्रचोक दायाँ बायाँ क्षेत्रका सबै पसल बन्द गरिएको छ ।
काठमाडौँ महानगरपालिका–२४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बिहीबार जयमाता दी गोल्ड प्यालेसमा कार्यरत तीन कामदारमा कोरोना देखिएपछि पसलहरू बन्द हुुनुका साथै उच्च सतर्कता अपनाइएको बताउनुभयो । उहाँले साउन ३० देखि भदौ ७ सम्म न्युुरोड जुद्ध सालिकदेखि इन्द्रचोक सम्मका सम्पूर्ण पसल बन्द गरिएको जानकारी दिनुभयो । त्यस्तै विशाल बजारका सुनचाँदी व्यापारीमा पनि कोरोना देखिएको छ । विशाल बजार सञ्चालक समिति र व्यापारी व्यवसायीसँग सल्लाह गरी विशाल बजारसमेत बन्द गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै महानगरीय प्रहरी वृत्त जनसेवाले पनि हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर, न्युुरोड, खिचापोखरी, सुन्धारा लगायतका क्षेत्रमा सञ्चालित रेस्टुराँ तथा पसलले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरे नगरेकोबारे अनुगमन सुरु गरेको छ । न्युुरोड क्षेत्रमा मास्क प्रयोग नगर्ने, सामाजिक दूरी कायम नराख्ने र भीड बनाई रेस्टुराँमा ग्राहक राखेको अभियोगमा बटुवादेखि ग्राहकसम्म र केही व्यवसाय सञ्चालकलाई
कारबाही गरिएको वृत्त प्रमुख सुनीलकुमार शाहले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।