१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

चितवनमा निषेधाज्ञा जारी भएसँगै जनजीवन ठप्प भयो

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

एबिसी संचार
चितवन भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ ।
उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । निषेधाज्ञापछि स्थानीयवासी घरमा नै रहेका छन् । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ ।
बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाका सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।
आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने उनले बताए । भरतपुर महानगरमा गएको चार दिनमा ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
हालसम्म महानगरभित्र १०० जनामा सङ्क्रमण देखिएकामा एकको मृत्यु भएको छ भने अन्य निको भएका छन् । महानगर प्रमुख रेनु दाहालले जो जहाँ छ त्यहीँ रहने गरी निषेधाज्ञा जारी गरिएको बताइन् ।-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!