३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

प्रभावकारी ढंगले अगाडी बढ्न प्रदेश ५ प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख बिच सम्झौता

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

सागर थापा दाङ प्रदेश नं. ५ अन्तर्गत जिल्लाका प्रहरी प्रमुखहरु तथा ५ नं. प्रदेश प्रहरी प्रमुख बिच कार्यसम्पादन सम्झौता भएको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी रबिन्द्र बहादुर धानुक र प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय १२ तथा नेपाल प्रहरी स्कूल घोराही दाङ समेत १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुबिच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।
कार्य सम्पादन सम्झौतापछि ५ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी धानुकले आफु मातहत कार्यालयका प्रमुखहरुलाई सम्झौतामा उल्लेखित लक्ष्य पुरा गर्न प्रभावकारी ढंगले अगाडी बढ्न निर्देशन दिएका थिए । सम्झौतामा उल्लेखीत लक्ष्य प्राप्तीकालागि स्पष्ट कार्य योजनाका साथ सम्पूर्ण प्रहरी इकाई तथा कर्मचारीहरुलाई पूर्ण लगनशील र प्रतिवद्धताका साथ परिचालन गर्न प्रहरी नायब महानिरीक्षक डिआइजी धानुकले निर्देशन दिएका थिए ।
सोही अवसरमा ५ नं. प्रदेशको नागरिकको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान तथा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, आर्थिक अनुशासन र पारदर्शिता, मानव अधिकार संरक्षण र सामुदायीक केन्द्रीत प्रहरी कार्यहरुलाई मुख्य प्राथमिकता दिने कार्य गर्न प्रहरी नायब महानिरीक्षक डिआइजी धानुकले निर्देशन दिएका छन।
वर्षायामको समय रहेकोले प्राकृतिक रुपमा आईपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्री सहित जनशक्तिलाई तयारी हालतमा राख्न निर्देशन दिदै डिआइजी धनुकले कोभिड-१९ महामारीको समय रहेकोले सदैव अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउनका लागि मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!