०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रभावकारी ढंगले अगाडी बढ्न प्रदेश ५ प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख बिच सम्झौता

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

सागर थापा दाङ प्रदेश नं. ५ अन्तर्गत जिल्लाका प्रहरी प्रमुखहरु तथा ५ नं. प्रदेश प्रहरी प्रमुख बिच कार्यसम्पादन सम्झौता भएको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी रबिन्द्र बहादुर धानुक र प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय १२ तथा नेपाल प्रहरी स्कूल घोराही दाङ समेत १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुबिच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।
कार्य सम्पादन सम्झौतापछि ५ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी धानुकले आफु मातहत कार्यालयका प्रमुखहरुलाई सम्झौतामा उल्लेखित लक्ष्य पुरा गर्न प्रभावकारी ढंगले अगाडी बढ्न निर्देशन दिएका थिए । सम्झौतामा उल्लेखीत लक्ष्य प्राप्तीकालागि स्पष्ट कार्य योजनाका साथ सम्पूर्ण प्रहरी इकाई तथा कर्मचारीहरुलाई पूर्ण लगनशील र प्रतिवद्धताका साथ परिचालन गर्न प्रहरी नायब महानिरीक्षक डिआइजी धानुकले निर्देशन दिएका थिए ।
सोही अवसरमा ५ नं. प्रदेशको नागरिकको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान तथा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, आर्थिक अनुशासन र पारदर्शिता, मानव अधिकार संरक्षण र सामुदायीक केन्द्रीत प्रहरी कार्यहरुलाई मुख्य प्राथमिकता दिने कार्य गर्न प्रहरी नायब महानिरीक्षक डिआइजी धानुकले निर्देशन दिएका छन।
वर्षायामको समय रहेकोले प्राकृतिक रुपमा आईपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्री सहित जनशक्तिलाई तयारी हालतमा राख्न निर्देशन दिदै डिआइजी धनुकले कोभिड-१९ महामारीको समय रहेकोले सदैव अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउनका लागि मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!