०५ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

दाङमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

सागर थापा
दाङमा कोरोना संक्रमण रोकथामका लागि दाङमा आजदेखि साँझको समयमा कफ्र्यु आदेश जारी गरिएको छ । लकडाउन खुलेपश्चात कोरोना समुदायस्तरमा फैलने खतरा बढेपछि स्थानीय प्रशासनले आजदेखि साँझको समयमा कफ्र्यु आदेश जारी गरेको हो ।
प्रशासनले आजदेखी ८ गते सम्म बेलुका ७ बजे देखी विहान ५ बजे सम्म पसल तथा यातायात सबै बन्द हुने भएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्रको साउन ३० गते बसेको वैठकले यही आजदेखि ८ गतेसम्म साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेको हो ।
आजदेखि रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाइएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
यस्तै चाडपर्वको नाममा समाजमा बढि रहेको भिडभाडलाई कम गर्नका लागि जतिसुकै समयमा हुने नाँचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाएको उहाँले बताउनुभयो ।
केन्द्रको वैठकले बजारलाई व्यवस्थित गर्न अनिवार्यरुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, माइकिङ लगायतका कार्यहरु गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थितरुपमा सञ्चालन गराउने निर्णय गरेको छ ।
यसैबिच कोरोनाको सङ्क्रमण बढ्दै गएपछि अहिलेसम्म देशका ४१ जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल र अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् ।
सरकारले अवस्था हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल र अत्यावश्यक बाहेकका सेवा बन्द भएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!