२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा एसपी राना आएदेखि मोष्ट वान्टेड ५८ फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

महेन्द्र सिंह व बाँके प्रहरीले असार र साउन महिनामा मात्रै बाँके प्रहरीले ५८ जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाही सुरु गरेको हो । लकडाउनका कारण मानिसहरुको चहलपहल घटेको र भारतसँगको खुल्ला सीमा बन्द भएको मौका छापेर प्रहरीले फरार अपराधीहरूलाई पक्रन थालेको हो ।
अदालतबाट मुद्दाको फैसला भएर कैद तथा जरिवाना तोकिएपनि फरार भएका अपराधीहरूलाई प्रहरीले खोजीको पहिलो सूचीमा राखेको छ । त्यसैगरी विभिन्न अपराधमा संलग्न भएका कारण अदालतमा मुद्दा दायर भएका, तर पक्राउ नपरेर अभियुक्तहरूको खोजी कार्य पनि प्रहरीले तीव्र पारेको बाँकेका प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए ।
असार र साउन महिनाको अवधिमा पक्राउ परेका ५८ जनामध्ये २९ जनालाई बाँके प्रहरीले लामो समयदेखि खोजिरहेको थियो । फरार रहेका अपराधीहरू हत्या, अपहरण , बम विष्फोट, ज्यान मार्ने उद्योग, चोरी डकैती र बलात्कारजस्ता जघन्य अपराधिक गतिविधिमा संलग्न भएको बाँके प्रहरीले बताएको छ ।
प्रहरीले फरार अभियुक्तको खोजी अभियान तीव्र पारे पछि शशस्त्र भूमिगत समुह ज्वाला सिंह समुहका बाँके इन्चार्ज भई हत्या, अपहरण हात हतियार तथा खरखजानालगायत ९ वटा जघन्य अपराधमा संलग्न रही एक दशकदेखि फरार रहेका राजेश यादव र उनका मुख्य सहयोगी केशव राढ पक्राउ परेका छन । पक्राउ परेका यादव र राढ २०६५ देखि २०७२ सालसम्म बाँकेमा भएका हत्या, अपहरण र बम बिस्फोट जस्ता ९ वटा जघन्य अपराधमा संलग्न थिए । जिल्ला अदालत बाँकेबाट अपहरण, बम विस्फोटको मुद्दामा ५ वर्ष ६ महिना कैद र ४५ हजार जरिवाना भएको छ । हत्या, अपहरण हात हतियार तथा खरखजानासम्बन्धी ५ वटा मुद्दा अदालतमा विचाराधीन छन। अपराधीहरू पक्राउ नपर्दा शान्ति सुरक्षाका लागि चुनौती बढ्ने भएकाले कोरोनाको संक्रमण फैलने जोखिम सामना गर्दै बाँके प्रहरीले मोष्ट वान्टेड फरार अपराधीहरूलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सुरु गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!