२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

बाँकेमा एसपी राना आएदेखि मोष्ट वान्टेड ५८ फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

महेन्द्र सिंह व बाँके प्रहरीले असार र साउन महिनामा मात्रै बाँके प्रहरीले ५८ जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाही सुरु गरेको हो । लकडाउनका कारण मानिसहरुको चहलपहल घटेको र भारतसँगको खुल्ला सीमा बन्द भएको मौका छापेर प्रहरीले फरार अपराधीहरूलाई पक्रन थालेको हो ।
अदालतबाट मुद्दाको फैसला भएर कैद तथा जरिवाना तोकिएपनि फरार भएका अपराधीहरूलाई प्रहरीले खोजीको पहिलो सूचीमा राखेको छ । त्यसैगरी विभिन्न अपराधमा संलग्न भएका कारण अदालतमा मुद्दा दायर भएका, तर पक्राउ नपरेर अभियुक्तहरूको खोजी कार्य पनि प्रहरीले तीव्र पारेको बाँकेका प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए ।
असार र साउन महिनाको अवधिमा पक्राउ परेका ५८ जनामध्ये २९ जनालाई बाँके प्रहरीले लामो समयदेखि खोजिरहेको थियो । फरार रहेका अपराधीहरू हत्या, अपहरण , बम विष्फोट, ज्यान मार्ने उद्योग, चोरी डकैती र बलात्कारजस्ता जघन्य अपराधिक गतिविधिमा संलग्न भएको बाँके प्रहरीले बताएको छ ।
प्रहरीले फरार अभियुक्तको खोजी अभियान तीव्र पारे पछि शशस्त्र भूमिगत समुह ज्वाला सिंह समुहका बाँके इन्चार्ज भई हत्या, अपहरण हात हतियार तथा खरखजानालगायत ९ वटा जघन्य अपराधमा संलग्न रही एक दशकदेखि फरार रहेका राजेश यादव र उनका मुख्य सहयोगी केशव राढ पक्राउ परेका छन । पक्राउ परेका यादव र राढ २०६५ देखि २०७२ सालसम्म बाँकेमा भएका हत्या, अपहरण र बम बिस्फोट जस्ता ९ वटा जघन्य अपराधमा संलग्न थिए । जिल्ला अदालत बाँकेबाट अपहरण, बम विस्फोटको मुद्दामा ५ वर्ष ६ महिना कैद र ४५ हजार जरिवाना भएको छ । हत्या, अपहरण हात हतियार तथा खरखजानासम्बन्धी ५ वटा मुद्दा अदालतमा विचाराधीन छन। अपराधीहरू पक्राउ नपर्दा शान्ति सुरक्षाका लागि चुनौती बढ्ने भएकाले कोरोनाको संक्रमण फैलने जोखिम सामना गर्दै बाँके प्रहरीले मोष्ट वान्टेड फरार अपराधीहरूलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सुरु गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]