२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

बाँके कोहलपुरमा पाँच दिन थप लकडाउन

Logo
प्रकाशित शुक्रबार, भाद्र ०५, २०७७

महेन्द्र सिंह
बाँके कोहलपुर समुदाय स्तरमा कोरोना फैलीएको भन्दै कोहलपुर नगरपालिकाले बन्दाबन्दिलाई ५ दिन थप गर्ने निर्णय गरेको छ । कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले भाद्र १० गतेसम्म बन्दाबन्दि थप गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले बताए ।
बिहीवार नगर प्रमुख लूट बहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा समूदाय स्तरमा कोरोना संक्रमण बढेकाले बन्दाबन्दीलाई थप गर्दै भाद्र ६ गतेदेखि थप कडा बनाउने निर्णय गरेको हो ।
बैठकले नगर क्षेत्र भित्र एम्वुलेन्स, शववहान र अतिआवश्यक सेवाका ढुवानीका साधन बाहेक नगरपालिकाको कार्यालय,सवै वडा कार्यालय र शाखा कार्यालयहरु, नगरपालिका क्षेत्र भित्र रहेका सबै सरकारी तथा गैरसरकारी संघ संस्था, बैंक तथा वित्तिय संस्था, होटेल रेष्टुरेन्ट, उद्योग व्यवसाय तथा बजार, शिक्षण संस्था सबै बन्द गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । निर्वाचन आयोगले एक समूहले गरेको राष्ट्रिय भेला वैधानिक नभएको ठहर गर्दै लालवीर चौधरीको दाबी अस्वीकृत गरेको हो । यसअघि चौधरी नेतृत्वको समूहले राष्ट्रिय भेला मार्फत श्रेष्ठलाई हटाई आफूलाई अध्यक्ष तोकेको घोषणा गर्दै अद्यावधिकका लागि आयोगमा निवेदन दिएको थियो । तर आयोगले राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधानको अध्ययन, दुवै पक्षको लिखित जवाफ तथा […]

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!