२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

दाङको लमहीमा ३९ ग्राम ब्राउन सुगर सहित तीन जनालाई पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र ०९, २०७७

सागर थापा
दाङ लमही नगरपालिका २ श्रीगाउँ स्थित ड्रिमल्याण्ड होटलको माथिल्लो कोठामा बसेका कपिलबस्तु शिवराज नगरपालिका २ निवासी ४० बर्षीय शालीकराम सारुमगर, उनीकी ३३ बर्षीया श्रीमती पार्वती सारुमगर र सोही ठाउँ बस्ने ३२ बर्षीय चन्द्र बहादुर बगाले मगर पक्राउ परेको प्रहरीले बताएको छ ।
शालीकराम सारुमगरको शरीरलाई चेकजाँच गर्ने क्रममा भेटिएको ब्राउन सुगर र निजले प्रयोग गर्ने स्कारपियो समेत नियन्त्रणमा लिईएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।