०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

आम नागरिकको विश्वास र भरोसाको केन्द्रविन्दु जरुरी छ डिआइजी सिंह

Logo
प्रकाशित बुधबार, भाद्र १०, २०७७

सागर थापा
प्रदेश २ अन्तर्गत नेपाल प्रहरीबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन प्रदेश”२ प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसंग प्रदेश प्रहरी कार्यालय “१ वर्षे कार्ययोजना-२०७७/०७८” सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण ढल्केवर धनुषामा २ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंह र २ नं. प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर (सम्पर्क कार्यालय राजविराज) का समादेशक, २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण प्रमुख, २ नं. प्रदेश सशस्त्र प्रहरी गण प्रमुख, २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा जिल्ला प्रहरी कार्यालय-८ (२ नं. प्रदेश) का कार्यालय प्रमुखहरू बीच २०७७ साउन १ गते देखि २०७८ साल असाढ मसान्तसम्म सम्बन्धित कार्यालयहरूबाट सम्पादन हुने कार्यक्रम र गतिविधीहरूलाई समेटी “कार्य सम्पादन सम्झौता” कार्यक्रम सम्पन्न ।
कार्यक्रमलाई सम्बोधन गर्नुहँदै प्रहरी नायव महानिरीक्षकले उक्त कार्ययोजनाले नेपाल प्रहरीले विगत देखी नै सम्पादन गर्दै आईरहेका विविध गतिविधिहरुलाई थप परिस्कृत, व्यवस्थित, परिणाममुखी एंव आम नागरिकका भावनालाई आत्मसाथ गर्न प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी आगामी दिनमा संगठनको सुदृढिकरण र सवलिकरणमा मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै सम्पूर्ण कार्यालयहरुले कार्ययोजना अनुरुपको कार्य-सम्पादनमा दृढताका साथ लाग्न लगाउन समेत उहाँले निर्देशन दिनुभयो ।
प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै उहाँले दिनप्रतिदिन आम नागरिकको प्रहरी प्रतिको अपेक्षामा वृद्धि भईरहेको साथै प्रहरी कार्यालय आम नागरिकको विश्वास र भरोसाको केन्द्रविन्दु भएकाले त्यहाँ आउने सेवाग्राहीलाई आचरणयुक्त, पूर्ण व्यवसायीक शिष्टताका साथ व्यवहार गर्न गराउन निर्देशन दिनुहुँदै प्रहरीबाट हुने कुनै पनि गैर व्यवासयीक अमर्यादित र अपारदर्शिताका विषयहरु क्षम्य नहुने बताउनुभयो ।
विसम परिस्थितिमा पनि अग्रपंक्तिमा रहि कोरोना भाईरसको संक्रमणबाट आम नागरिकलाई बचाउने प्रहरी आफै संक्रमित हुँदा थप जटिल अवस्था सिर्जना हुनसक्ने र आम नागरिकमा समेत त्रासदिपूर्ण माहोल सृजना हुने भएकाले प्रहरी सर्वप्रथम आफू सुरक्षित हुने उपायहरु अपनाउँदै कार्यक्षेत्रमा खटिनुपर्ने बताउनु भयो । यस अघि नै संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीबाट यही श्रावण २५ गते एक कार्यक्रमका विच नेपाल प्रहरीको कार्ययोजना-२०७७ जारी भईसकेको छ । जिम्मेवारीप्रति प्रतिबद्ध, कानून कार्यान्वयनमा दृढता, प्रकृयामा सरलीकरण र पारदर्शी एवं नतिजामा उत्तरदायी बनाई नागरिक र संगठनप्रति जवाफदेही बनाउँदै सुशासन कायम गर्न सिर्जनशीलता अभिवृद्धि गर्दै नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर अभिवृद्धि गर्ने अभिप्रायका साथ कार्य-सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!