२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

आम नागरिकको विश्वास र भरोसाको केन्द्रविन्दु जरुरी छ डिआइजी सिंह

Logo
प्रकाशित बुधबार, भाद्र १०, २०७७

सागर थापा
प्रदेश २ अन्तर्गत नेपाल प्रहरीबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन प्रदेश”२ प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसंग प्रदेश प्रहरी कार्यालय “१ वर्षे कार्ययोजना-२०७७/०७८” सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण ढल्केवर धनुषामा २ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंह र २ नं. प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर (सम्पर्क कार्यालय राजविराज) का समादेशक, २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण प्रमुख, २ नं. प्रदेश सशस्त्र प्रहरी गण प्रमुख, २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा जिल्ला प्रहरी कार्यालय-८ (२ नं. प्रदेश) का कार्यालय प्रमुखहरू बीच २०७७ साउन १ गते देखि २०७८ साल असाढ मसान्तसम्म सम्बन्धित कार्यालयहरूबाट सम्पादन हुने कार्यक्रम र गतिविधीहरूलाई समेटी “कार्य सम्पादन सम्झौता” कार्यक्रम सम्पन्न ।
कार्यक्रमलाई सम्बोधन गर्नुहँदै प्रहरी नायव महानिरीक्षकले उक्त कार्ययोजनाले नेपाल प्रहरीले विगत देखी नै सम्पादन गर्दै आईरहेका विविध गतिविधिहरुलाई थप परिस्कृत, व्यवस्थित, परिणाममुखी एंव आम नागरिकका भावनालाई आत्मसाथ गर्न प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी आगामी दिनमा संगठनको सुदृढिकरण र सवलिकरणमा मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै सम्पूर्ण कार्यालयहरुले कार्ययोजना अनुरुपको कार्य-सम्पादनमा दृढताका साथ लाग्न लगाउन समेत उहाँले निर्देशन दिनुभयो ।
प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै उहाँले दिनप्रतिदिन आम नागरिकको प्रहरी प्रतिको अपेक्षामा वृद्धि भईरहेको साथै प्रहरी कार्यालय आम नागरिकको विश्वास र भरोसाको केन्द्रविन्दु भएकाले त्यहाँ आउने सेवाग्राहीलाई आचरणयुक्त, पूर्ण व्यवसायीक शिष्टताका साथ व्यवहार गर्न गराउन निर्देशन दिनुहुँदै प्रहरीबाट हुने कुनै पनि गैर व्यवासयीक अमर्यादित र अपारदर्शिताका विषयहरु क्षम्य नहुने बताउनुभयो ।
विसम परिस्थितिमा पनि अग्रपंक्तिमा रहि कोरोना भाईरसको संक्रमणबाट आम नागरिकलाई बचाउने प्रहरी आफै संक्रमित हुँदा थप जटिल अवस्था सिर्जना हुनसक्ने र आम नागरिकमा समेत त्रासदिपूर्ण माहोल सृजना हुने भएकाले प्रहरी सर्वप्रथम आफू सुरक्षित हुने उपायहरु अपनाउँदै कार्यक्षेत्रमा खटिनुपर्ने बताउनु भयो । यस अघि नै संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीबाट यही श्रावण २५ गते एक कार्यक्रमका विच नेपाल प्रहरीको कार्ययोजना-२०७७ जारी भईसकेको छ । जिम्मेवारीप्रति प्रतिबद्ध, कानून कार्यान्वयनमा दृढता, प्रकृयामा सरलीकरण र पारदर्शी एवं नतिजामा उत्तरदायी बनाई नागरिक र संगठनप्रति जवाफदेही बनाउँदै सुशासन कायम गर्न सिर्जनशीलता अभिवृद्धि गर्दै नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर अभिवृद्धि गर्ने अभिप्रायका साथ कार्य-सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।