१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

गिरिजा प्रसाद कोइराला फाउण्डेशनले अमेरिकामा निशुल्क खाधन्न वितरण

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

ABC Sanchar अमेरिका गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ।
तर यस फाउण्डेशनको कृयाकलाब अथवा गतिविधिहरु न्युयोर्क शहरको मेयर कार्यालय, ब्रुक्लीनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्युयोर्क राज्यका सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुले प्रत्यक्ष अवलोकन गर्नु भएको जानकारीका साथ वहाँहरुकै अनुरोधमा फाउण्डेशनले फेरि दोस्रो पटक निशुल्क खाधन्न वितरण कार्यक्रम अगस्ट २५, २०२० सम्पन्न गरेको छ। सेवा नै धर्म हो भन्ने नारा का साथ फाउण्डेशन ले विभिन्न समुदायका ६५०० जना भन्दा बढी मा सेवा पुराइ सकेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे दिनु भयो।
यसै क्रममा मंगलवार, अगस्ट २५, २०२० बेलुका ६ बजे ७२-२४ ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्कमा १०० बक्स निशुल्क खाधन्न(ग्रोसरी, ड्राय फुड) र २००० पिस सर्जिकल मास्क वितरण गर्यो। उक्त ग्रोसरी र ५०० पिस मास्क क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, ५०० पिस मास्क सेनेटर माईकल ज्यानारेसिस, ५०० पिस मास्क ऐसेमब्लीमेन माईकल डेनडेक्कर र ५०० पिस मास्क सेनेटर जोन लु वाट यस फाउण्डेशनलाई सहयोग गर्नु भएको थियो र यी सामग्रीहरु आजै विभिन्न समुदायका १०० जना भन्दा बढी मानिस लाई लाईनमा प्रथमतः का आधार मा वितरण गरियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!