२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको भालुवाङ देउखुरी क्षेत्र सुनसान बजार क्षेत्र शिल

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

बिदुर एमसी
दाङ राप्ती गाउँपालिकामा समुदाय स्तरमा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिए पछी रोकथाम न्युनीकरण र नियन्त्रणका लागि राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ क्षेत्र र पाखापानी क्षेत्र शुक्रबार विहान देखि शिल गरिएको छ । बजार क्षेत्र सुनसान रहेको छ । पुर्वमा भालुवाङ प्युठान सिमाना सम्म र पश्चिममा वडा नम्बर २ को सिमा कटेशनाला सम्म विहान ६ बजे देखि शिल गरिएको छ ।
ती क्षेत्रमा शिल गरिए पछि बजार उद्योगधन्दा, कलकारखाना, सरकारी तथा गैर सरकारी कार्यालय बन्द भएका छन् । भने अत्यावश्यक सवारीसाधनका साधन, एम्बुलेन्स, दमकल, लगायतका साधान वाहेक सार्वजनिक यातायातका सम्पूर्ण साधान बन्द भएका छन् । बजारमा मानिसको अावत जावत रोकिएपछि बजार क्षेत्र समेत सुनसान बनेको राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिएका छन् । शिल क्षेत्रलाई कडा बनाउन ठाउँ ठाउँमा प्रहरीहरू परिचालन समेत गरिएको बताइएको छ ।
बिहीबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय विपद व्यवस्थापन समिति ( C.C.M.C) का अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले वडा नम्बर १,४ र ८ का ५ वटा टोललाई भदाै १२ गते १९ गते सम्म ७ दिन सम्मका लागि शिल गर्ने निर्णय भए अनुसार वडा नम्बर १ को भालुवाङ पुल्चोक बजार क्षेत्र र पुरानो भालुवाङ बजार क्षेत्र तथा पाखापानी क्षेत्र बढी संवेदनशील क्षेत्र भएको हुँदा बिहान ६ बजे देखि शिल गर्ने र वडा नम्बर ४ को बुढीचाैर , माैरीघाट क्षेत्र र वडा नम्बर ८ को कोहलुवा क्षेत्रमा भने शुक्रबार राति १२ बजे देखि शिल हुने भएको छ ।
शिल हुने क्षेत्र भित्रका सम्पूर्ण किसिमका सार्वजनिक यातायात सेवा( बस, माइक्रो, अटो, टेम्पो र अन्य सवारीसाधान) अार्को निर्णय नभए सम्मका लागि बन्द गर्ने , गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय सञ्चालन हालका लागि स्थगन गर्ने, स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीले अालोपालो गरि कार्य सञ्चालन गर्ने, गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा वाहेक अन्य सवै सेवा भदौ १२ गते देखि स्थगित गर्ने र वडा कार्यालयबाट कोभिड १९ को रोकथाम सचेतना अभिवृद्धिका लागि प्रचारप्रसार गर्ने लगायतको निर्णय यस अघि नै भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]