०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङको भालुवाङ देउखुरी क्षेत्र सुनसान बजार क्षेत्र शिल

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

बिदुर एमसी
दाङ राप्ती गाउँपालिकामा समुदाय स्तरमा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिए पछी रोकथाम न्युनीकरण र नियन्त्रणका लागि राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ क्षेत्र र पाखापानी क्षेत्र शुक्रबार विहान देखि शिल गरिएको छ । बजार क्षेत्र सुनसान रहेको छ । पुर्वमा भालुवाङ प्युठान सिमाना सम्म र पश्चिममा वडा नम्बर २ को सिमा कटेशनाला सम्म विहान ६ बजे देखि शिल गरिएको छ ।
ती क्षेत्रमा शिल गरिए पछि बजार उद्योगधन्दा, कलकारखाना, सरकारी तथा गैर सरकारी कार्यालय बन्द भएका छन् । भने अत्यावश्यक सवारीसाधनका साधन, एम्बुलेन्स, दमकल, लगायतका साधान वाहेक सार्वजनिक यातायातका सम्पूर्ण साधान बन्द भएका छन् । बजारमा मानिसको अावत जावत रोकिएपछि बजार क्षेत्र समेत सुनसान बनेको राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिएका छन् । शिल क्षेत्रलाई कडा बनाउन ठाउँ ठाउँमा प्रहरीहरू परिचालन समेत गरिएको बताइएको छ ।
बिहीबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय विपद व्यवस्थापन समिति ( C.C.M.C) का अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले वडा नम्बर १,४ र ८ का ५ वटा टोललाई भदाै १२ गते १९ गते सम्म ७ दिन सम्मका लागि शिल गर्ने निर्णय भए अनुसार वडा नम्बर १ को भालुवाङ पुल्चोक बजार क्षेत्र र पुरानो भालुवाङ बजार क्षेत्र तथा पाखापानी क्षेत्र बढी संवेदनशील क्षेत्र भएको हुँदा बिहान ६ बजे देखि शिल गर्ने र वडा नम्बर ४ को बुढीचाैर , माैरीघाट क्षेत्र र वडा नम्बर ८ को कोहलुवा क्षेत्रमा भने शुक्रबार राति १२ बजे देखि शिल हुने भएको छ ।
शिल हुने क्षेत्र भित्रका सम्पूर्ण किसिमका सार्वजनिक यातायात सेवा( बस, माइक्रो, अटो, टेम्पो र अन्य सवारीसाधान) अार्को निर्णय नभए सम्मका लागि बन्द गर्ने , गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय सञ्चालन हालका लागि स्थगन गर्ने, स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीले अालोपालो गरि कार्य सञ्चालन गर्ने, गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा वाहेक अन्य सवै सेवा भदौ १२ गते देखि स्थगित गर्ने र वडा कार्यालयबाट कोभिड १९ को रोकथाम सचेतना अभिवृद्धिका लागि प्रचारप्रसार गर्ने लगायतको निर्णय यस अघि नै भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!