प्रकशित मिति : १५ भाद्र २०७७, सोमबार ०७:००

ABC Sanchar
सरकारले शैक्षिक संस्था, लामो दुरुीका यातायात र आन्तरिक हवाई उडानलाई भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो । मुलुकभर कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सो निर्णय गरिएको ती मन्त्रीले बताए ।
यसैगरी बैठकले आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ ।
यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उडान भदौ १५ गतेबाट खुला नगर्ने निर्णय भएको थियो । अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ ।
स्कुल कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको उनले बताए


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com