२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

९ बर्षीय बालिका बलात्कार गर्ने पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र १५, २०७७

ABC Sanchar पोखरामा अभिभाबक नभएको मौका छोपी ९ वर्षीया बालिका पक्राउ गर्ने युवालाई कास्की प्रहरीले स्याङ्जाबाट पक्राउ गरेका छन् । ती युवालाई पिडित बालिकाको परिवारले उजुरी हालेपछि पक्राउ गरिएको हो ।
बालिकाको परिवारले उजुरी हाल्ने सुइँको पाएपछि पिडक युवा आइतबार नै पोखराबाट स्याङ्जा हानिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुभाष हमालले बताए ।
हमालका अनुसार ती बलत्कार आरोपी युवालाई स्याङ्जाको मिरुवाबाट कास्की प्रहरीले साँझ ८ बजेतिर पक्राउ गरेको थियो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको हमालले बताए ।
पिडकलाई जवरजस्ती करणी अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको हमालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको १३ जना डिएसपीको पदस्थापन काठमाडौं । मंगलबार प्रहरी महानिरीक्षकको निर्णयाअनुसार हालै बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । साउन २१ गतेबाट लागू हुने गरी डीएसपीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!