२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँके प्रहरीका एकजना थुनुवा आइसोलेसनबाट फरार खोजीकार्य जारी

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

महेन्द्र सिंह
बाँके खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनबाट भागेका बाँके प्रहरीका थुनुवा अझै फेला पर्न सकेका छैनन् ।
बाँके प्रहरीले थुनुवालाई खोज्न टोली परिचालन गरेपनि अझै उनको सुइको पाउन सकेको छैन । लागु औषधी कोरेक्सका थुनुवालाई भदौ ५ गते कोरोना देखिएपछि खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा पठाइएको थियो । त्यही आइसोलेसनबाट भदौ ७ गते थुनुवा भागेका थिए । नेपालगञ्ज निवासी थुनुवा कहाँ पुगे पत्ता लागेको छैन ।
थुनुवा पुग्न सक्ने संभावित ठाउँमा प्रहरी पुगिरहेको छ । यो क्रममा बाँके प्रहरीले छिमेकी जिल्लामा पनि पुगेको छ । थुनुवा भने भेटिएका छैनन् । थुनुवा अघिअिघि र प्रहरी पछिपछि भइरहेको देखिएको छ ।
५ सीसी कोरेक्सका दुई अभियुक्तमध्येका एक थिए, थुनुवा । थुनुवा भागेपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरीलाई कारबाहीको दायरामा ल्याइएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले टोली लागिरहेकाले थुनुवा पक्राउ पर्ने विश्वास व्यक्त गर्नुभयो ।
भागेका थुनुवा कोरोना मुक्त हुने समय पुग्न थालेको छ । तीन दिनपछि उनी स्वतः डिस्चार्ज हुन्छन् । भागेकै अवस्थामा डिस्चार्ज हुने उनी दोस्रो व्यक्ति हुने लक्षण देखिएको छ । यसअघि जोगागाउँ आइसोलेसन सेन्टरबाट भागेका नेपालगञ्ज–१२ का एक व्यक्ति पक्राउ नपरेरै डिस्चार्ज भएका थिए । डिस्चार्ज भएपछि उसलाई खोजी गर्न छोडिएको थियो । यी थुनुवाको हकमा भने डिस्चार्ज भएपनि बेवास्ता हुँदैन । किनकी, उनी प्रहरीका थुनुवा हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।