२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ईलाका प्रहरी कार्यालय बुटवलमा ११ जना प्रहरीमा कोरोना सङ्क्रमण

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

सिमा गुरुङ
बुटवलमा अघिल्लो साता १३ जना थुनुवामा सङ्क्रमण देखिएको ईलाका प्रहरी कार्यालय बुटवलमा ११ जना प्रहरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो परिक्षण नतिजामा ११ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता खड्गबहादुर खत्रीले पुष्टि गर्नुभयो ।
सङ्क्रमित प्रहरीहरूलाई बुटवलस्थित एन्फा एकेडेमीको आइसोलेसन केन्द्रमा राखिएको छ । यसअघि अघिल्लो साता १३ जना थुनुवामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसलगत्तै कन्ट्याक्ट ट्रेसिङका आधारमा १९ प्रहरीको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि सङ्क्रमण पुष्टि भएका थुनुवाहरूको पनि आइसोलेसनमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]