२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

कृष्णनगरमा प्रहरीद्वारा अवैध चांदी पाउजु पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

सागर थापा
कपिलवस्तु ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल वि. ओ. पी. नेपाल कृष्णनगरको संयुक्त टोली ले कृष्णनगर वडा नं ४ मा भारत बाट नेपाल तर्फ संकास्पद अवस्था मा आउदै गरेको व्यक्ति लाई देख्दा चेक जांच गर्ने लुकाई छिपाई ल्याउदै गर्ने क्रममा २१९ पिस चांदी जस्तो देखिने सेतो धातु लगायत ४ थान मोबाइल र कार मा समेत लुकाई राखेको २० पिस पाउजु समेत ३ जना व्यक्ति लाई नियंत्रण मा लिई आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रताप पौडेल ले दिनुभयो ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ बस्ने अकाश वर्मा, आन्नद वर्मा र ओम बहादुर घर्ती पक्राउ परेका छन् ।
उनिहरुको साथ बाट VI VO 17, REDMI NOTE 7 PRO, IPHONE-6 र NOKIYA 1172 मोबाइल गरि ४ थान मोबाइल बरामद गरिएको थियो ।
तत्काल सोधपुछ गर्दा शिवराज नगरपालिका बाट कृष्णनगर नगरपालिका वडा नं ४ सम्म आउन प्रयोग गरेको बा.८. च. २९५२ नंबर को कार समेत मा लुकाएको अवस्था मा २० पिस पाउजु बरामद गरिएको थियो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरीले कृष्णनगर नगरपालिका वडा नं ७ अजिगरा बाट भारत बाट नेपाल तर्फ भन्सार छलि ल्याउदै गरेको कम्बाइन मेसिनको फलामको रिंग १ थाना, कम्बाइन मेसिनको फलामको पाइप २ थान, कम्बाइन मेसिनको फलामको पार्ट १ थान, लु .११.प . २६१ र लु. १७ प. ९४४९ नंबर को मोटरसाइकल उक्त समान ल्याउन प्रयोग गरिएको थियो जुन सबैको अनुमति मुल्य दुई लाख अठारह हजार राखि आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगर ले दिएको छ ।
साथै भाद्र १५ गते बिहान ५ बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगर पुरानोमिल स्थितमा डिउटीमा खटिएको प्रहरी ले चेकिंग गर्दा नेपाल बाट भारत तर्फ भन्सार छलि मटर दाना १३०० के. जि. समातेको छ जस्को अनुमानित मूल्य पैसठ्ठी हजार (६५,०००) रहेको र आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ई. प्र. का. कृष्णनगर ले दिएको छ. ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल वि. ओ. पी. नेपाल कृष्णनगर भन्सार सुरक्षा, भन्सार चुहावट रोक्न, समाजमा शान्ति स्थापना गर्न, सधै आवस्यक सहकार्य गरेको स्थानीय को बुझाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!