३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

तुल्सीपुरमा लकडाउन उल्लंघन गर्ने ३१ वटा सवारीसाधन नियन्त्रणमा DSP सिंह

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

सागर थापा
दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार लकडाउन उल्लंघन गर्ने ३१ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार नियन्त्रणमा लिएका सवारीहरुलाई लकडाउन पछिमात्रै छोडिनेछ । ‘अनावश्यक रुपमा उहाँहरु कसैले तरकारी किन्न जान लागेको, कोही मनिङवाकमा निस्केको, कोहीले बच्चा बच्चीलाई डुलाउन जान लागेको भनि हिडेकाहरुको सवारीलाई नियन्त्रणमा लिएका हौं’, उनले भने‘ हामीले मेडिकलको काममा जानेलाई मात्र हिड्न दिएका छौ ।’
नियन्त्रणमा लिएका सवारीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर, अस्थाई प्रहरी पोष्ट जुसपुर,अस्थाई प्रहरी पोष्ट बिजौरी लगायतको विभिन्न स्थानमा राखेको सिंहले बताए । नियन्त्रणमा लिएका सवारी साधन सबै तुलसीपुर उपमहानगरपालिका भित्र चलेका रहेका छन् । सिंहका अनुसार अति आवश्यक बिशेष गरी अस्पतालमा बिरामी कुर्न जाने मान्छे, औषधि किन्न जाने, बाहेक अरु व्यक्तिहरुलाई अनावश्य हिड्न नदिएका कारण लकडाउन अहिले पुर्ण रुपमा लागु भएको उनको भनाई छ ।
यसैविच ईलाका प्रहरी कार्यालय तुलसीपुरले लकडाउन उल्लङ्घन गरि हिडेका १४३ जना व्यक्तिहरुलाई पाँच घण्टा होल्ड राखेर छोडेको छ । मंलबार बिहान ५ बजेदेखि बजारमा हिडिरहेका एकसय ४३ जनालाई करिब ५ घण्टा होल्डमा राखेर छाडेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी सिंहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!