२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाजुरमा खाने चामल छैन तर जहाज चार्टर गरेर हुन्छ मदिराको ढुवानी

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

ABC Sanchar
मार्तडी सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बाजुराको पूर्वी उत्तरी क्षेत्रमा २ महिना अगाडिदेखि खाद्य संकट छ ।
तत्काल खाद्यान्न ढुवानी नभए त्यहाँका जनताले हातमुख जोर्ने समस्या हुने अवस्था छ । तर, त्यहाँ मदिरा भने जहाज चार्टर गरेर ढुवानी भइरहेको छ ।
कोरोना संकटका कारण स्थानीय प्रशासनले अत्यावश्यक पर्ने खाद्यान्न, तरकारी र औषधि बाहेकको ढुवानीमा रोक लगाएको छ । प्रशासनको आदेशानुसारा अहिले मदिराको ढुवानी गर्न नपाइने हो ।
तर, जनता भोकमरी सम्मुखमा रहेका बेला नेपालगञ्जबाट मदिरा र सूर्तिजन्य पदार्थ बोकेका चार्टर जहाज कोल्टी विमानस्थलमा अवतरण भइरहेका छन् ।
कोल्टी विमानस्थलमा हाल दैनिक ७ वटासम्म उडान हुँदै आएका छन् । सरकारले यात्रु बोक्न नपाउने गरी ढुवानी प्रयोजनका लागि आन्तरिक उडानको अनुमति दिएअनुसार कोल्टीमा जहाजहरु आउने र जाने गरिरहेका छन् ।
जसमध्येका ४ देखि ५ उडानमा मदिरा र सूर्तिजन्य पदार्थको ढुवानी हुने गरेको बाजुरा नागरिक उड्डयन कार्यलय बाजुराका निमित्त प्रमुख प्रसाद पौडेलले वताए
पौडेलका अनुसार नेपालगञ्ज तथा सुर्खेतबाट आउने अधिकांश चार्टर जहाजमा मदिरा हुन्छ ।
एउटा जहाजमा ७५ देखि १ किलोसम्म मदिरा ढुवानी गरेको पौडेलले बताए । यसरी दैनिक ५ सयदेखि ७ सय किलोग्राम मदिरा तथा सूर्तिजन्य पदार्थ बाजुरामा ढुवानी भइरहेको छ ।
नेपालगञ्ज तथा सुर्खेतबाट सिता, समिट र तारा एरले दैनिक बाजुरामा उडान भरिरहेका छन् ।
जहाजमार्फत कोल्टी विमानस्थलमा पुग्ने मदिरा खच्चरमार्फत बाजुराको चार वटा स्थानीय तह तथा कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लासम्म पुर्याइने गरिन्छ ।
कोल्टी बजारमा मदिरा पसल चलाइरहेका मंगल थापाले जहाजबाट नै मदिरा ढुवानी गर्ने गरेको स्वीकारे ।
यो क्षेत्रमा खाद्य संकट भएको लामो समय भइसकेको छ । यहाँका स्थानिय बजारमा खाद्यन्न अभाब रहेको छ । तर मदिरा भने फालाफाला पाइने गरेको बुढिनन्नदा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपाने बताउँछन् ।
पटक पटक नियन्त्रणका लागि प्रयास गर्दा पनि नेपालगञ्ज र सुर्खेतबाट मदिरा पठाउने क्रम नरोकिएको उनले बताए ।
‘हामीले जिल्ला प्रशासन कार्यलयलाई भनेको हो, तर अहिलेसम्म रोकिएको छैन,’ न्यौपाने भन्छन् ।
नागरिक उडयन कार्यलय कोल्टीका अनुसार १ महिनामा कोल्टी विमानस्थलमा १ सय ६० वटा उडान भएका छन् ।
६० प्रतिशत भन्दा बढि उडानमा मदिरा नै ढुवानी भएको कार्यलयले जनाएको छ । १ सय ६० उडानमा ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको मध्ये धेरै मदिरा मात्र भएको कार्यलयका कर्मचारी बताउँछन् ।
बाजुराका प्रमुख जिल्लाअधिकारी कृष्ण गैह्रे भने यसरी मदिरा नआउनु पर्ने बताउँछन् ।
यस विषयमा आफूले बाँके र सुर्खेतको प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्ने उनको भनाइ छ ।
निजी एरलाइन्सले मनोमानी ढंगले उडान भर्ने भएकाले यो समस्या भएको उनको भनाइ छ ।
यो क्षेत्रको कोल्टि खाद्य संस्थान र कवाडी डिपोमा चामल सकिएको दुई महिना भइसक्दासम्म पनि चामल भने आउन सकेको छैन । बडिमालिका खबरको सहयोगमा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]