२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रुकुमको सानीभेरीमा १२ वेडको आइसोलेशन कक्ष बनाइदै

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

मनोज डागी
रुकुम पश्चिम सानीभेरी गाउँपालिका ७ छोटेबगरमा रहेको सानीभेरी शिक्षा क्याम्पसको भवनमा १२ बेडको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ । कोरोना महामारिका कारणले आउन सक्ने समस्यालाई मध्यनजर गर्दै सानिभेरी गाउपालिकामा पनि आइसोलेशन कक्ष निर्माण गर्न गरिने भएको हो ।
सानिभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनका अनुसार गाउँपालिका अस्पताल नजिकै रहेको शिक्षा क्याम्पसको खाली भवनलाई उपयोग गरी आइसोलेशन कक्ष निर्माण गर्न लागिएको छ । अस्पताल नजिकै भएकाले उक्त भवन उपयुक्त देखिएको अध्यक्ष पुनको भनाई रहेको छ । अहिले तत्काल भवन निर्माण गर्न सम्भव छैन । क्याम्पसको भवन खालि भएकाले तत्काल त्यसैलाई उपयोग गरेका छौं अध्यक्ष पुनले बताउनुभयो ।
मंगलबार जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका प्रमुख महेश चौलागाईं, डाक्टर राजकुमार भूजेल, सानिभेरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपाल सिं बिष्ट, कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावल¸ सानीभेरी गाउँपालिका स्वास्थ्य संयोजक छविलाल केसी सहितको संयुक्त टोलिले आइसोलेशन निर्माण गरिने भवनको स्थलगत अनुगमन गरेको हो ।
उक्त आइशोलेसन कक्ष २ दिन भित्रैमा तयार गरिने छ । अनुगमनका क्रममा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख महेश चौलागाईंले आगामी दिनमा प्राबिधिक तथा अन्य सहयोगको लागि स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम अग्रपंक्तिमा भयर काम गर्ने प्रतिबद्धता राख्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]