२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राप्तीपारी गाउँमा चेकजाँच ३३ हजार राज्श्वव संकलन १७ मोटरसाइकल कार्वाहीमा

Logo
प्रकाशित बिहिबार, भाद्र १८, २०७७

महेन्द्र सिंह
बाँके राप्तीसोनारी गाउँपालिकाको दक्षिणी भेगमा प्रहरीले बुधबार सवारीसाधनको कडा चेकजाँच गरेको छ। चेकजाँचका क्रममा प्रहरीले राप्तीसोनारीको वडा नम्बर ६ को कुन्दा चोक , वडा नम्बर ६ कै सिद्धश्वर स्कुल चोक र वडा नम्बर ७ को लालपुरबाट कागजपत्र नबोकेर गुडेका १७ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
त्यस्तै ३३ सवारीसाधनबाट चेकिङस्थलमै ३३ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले बताए।
नियन्त्रणमा लिएका मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कम्दीमा राखिएको छ। ३ स्थानमा गरिएको चेक जाँचमा कुन्दा चोकमा ट्राफिक प्रहरी प्रमुख बम, सिद्धश्वर स्कुल चोकमा कम्दी प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र पन्त र लालपुरमा जिल्ला प्रहरी बाँकेका प्रहरी निरीक्षक खडक मल्लको नेतृत्वमा सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो।
चेकजाचमा फत्तेपुर प्रहरी चौकी(ख)का प्रहरी सहायक निरीक्षक राम बहादुर चन्द लगायत ५० बढी प्रहरी र ट्राफिक प्रहरीले दिनभर चेकजाँच गरेका थिए।
यसरी प्रहरी र ट्राफिक प्रहरीले राप्तीसिनारीको दक्षिणी भेगमा गरेको संयुक्त चेकजाँचले त्यहाँका स्थानीयले अब भने कागजपत्र बोकेर सवारीसाधन चलाउनु पर्ने पाठ सिकेका छन् ।
नियन्त्रणमा लिएर कम्दी प्रहरीमा राखिएक मोटरसाइकललाई भने सवारीधनीले कागजपत्र लिएर आएर जरिवाना तिरेर आफ्नो मोटरसाइकल लिन सकिने प्रहरी नायब निरीक्षक पन्तले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!