२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कोहलपुरमा अटो र मोटरसाईकल ठोकिँदा ६ जना घाईते

Logo
प्रकाशित शुक्रबार, भाद्र १९, २०७७

महेन्द्र सिंह बाँके कोहलपुरको न्यूरोडमा मोटरसाईकल र अटो एकआपसमा जुध्दा ६ जना घाईते भएका छन । यात्रु बोकेको भे १ ह ४९५७ नम्बरको अटो रिकसा र विपरित दिशाबाट आएको भे ५ प ९४६९ नम्बरको मोटरसाईकल एकआपसमा जुध्दा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
दुर्घटनामा अटोचाकल सहित अटोमा सवार सबै यात्रु घाईते भएका छन । जसमध्ये कोहलपुर नगरपालिका ५ की मनिषा वलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरको भेन्टिलेटरमा उपचार भईरहेको छ । वलीको टाउकोमा चोट लागेकाले अहिलेसम्म होस नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्की एक महिलाको हात भाँचिएको छ । अन्य घाईतेहरु भने सामान्य उपचारपछि घर फर्किएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]