प्रकशित मिति : १९ भाद्र २०७७, शुक्रबार २१:००

महेन्द्र सिंह बाँके भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक गरेको दोस्रो लटको विवरणमा जिल्ला प्रहरी कार्यालयका १७ जनासहित २० जनालाई कोरोना देखिएको हो । यसअघि जिल्लामा ४० जनालाई कोरोना देखिएको थियो । त्यसमा चार जना प्रहरी थिए ।
जिल्ला प्रहरी कार्यालयमा एकजना थुनुवालाई कोरोना देखिएपछि मुद्दाफाँटमा काम गर्नेलाई कोरोना देखिएको थियो । त्यसपछि जाँच गर्दा अरुलाई पनि देखिएको छ । प्रहरीलाई तालिम केन्द्रमा आइसोलेसन बनाएर राख्ने तयारी थालिएको छ । अन्यत्र पनि हुन सक्ने अधिकारीहरुले बताएका छन् । दोस्रो लटमा तीन जना नेपालगञ्जका परेका छन् ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com