२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लकडाउनको अवधिमा भएका ७७ दुर्घटनामा २८ जनाले ज्यान गुमाए ट्राफिक प्रमुख बम

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

सागर थापा/महेन्द्र सिंह
बाँकेमा हरेक दिन मुख्य राजमार्ग तथा भित्रि सडकहरुमा साना तथा ठुला दुर्घटना हुने गरेका छन । बाँके सहित देशभर नोवेल कोरोना भाईरस (कोभिड-१९) को प्रभाव बढ्दो छ । कोरोनाको संक्रमण रोक्न सरकाले जारी गरेको बन्दाबन्दीका कारण विगत पाँच महिनादेखी पूर्ण तथा आशिंक रुपमा सवारी साधन संचालनमा रोक लगाईएको छ । यद्यपी यस अवधिमा समेत बाँकेमा सवारी दुर्घटनाको अवस्था भयावह छ ।
पाँच महिनाभन्दा लामो लकडाउनमा सवारी गतिविधि आंशिक मात्रै भए पनि मृत्यु हुनेको सँख्यामा भने कमी नआएको ट्राफिक प्रहरीको तथ्याङले पुष्टि गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार लकडाउन अवधिभर बाँकेमा साना-ठुला गरी ७७ वटा सवारी दुर्घटना भएका छन । पूर्व-पश्चिम राजमार्गसँग जोडिएको बाँकेमा मुख्य राजमार्ग भन्दा कोहलपुर-नेपालगन्ज सडकखण्डमा दुर्घटना हुने दर बढि छ । चार लेन सडकका कारण पनि सडक दुर्घटना बढि हुने गरेको ट्राफिक प्रहरीको बुझाई छ । लकडाउनको अवधिमा भएका ७७ दुर्घटनामा बाँकेमा मात्र २८ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा सबैभन्दा बढि २३ महिला, ३ पुरुष र २ बालक रहेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले चालकको लापरवाहीका कारण अधिकाशं दुर्घटना हुने गरेका छन । समग्र जिल्लामा हुने दुर्घटनामध्ये पूर्व-पश्चिम राजमार्ग र कोहलपुर-नेपालगन्ज सडकखण्डमा हुने दुर्घटनाको दर बढिरहेको बमले बताए । बाँकेमा प्राय दुर्घटना दुईपाङ्ग्रे सवारी साधनका कारण हुने गरेका छन । जसमध्ये मोटरसाईकल दुर्घटनाको मात्रा अत्याधिक रहेको छ । त्यसैगरी जिप र अन्य ठुला सवारी साधन समेत दुर्घटनामा पर्ने गरेको भएपनि मोटरसाईकल दुर्घटनाका कारण ज्यान गुमाउनेको सँख्या अत्याधिक रहेको ट्राफिक प्रमुख बम बताउँछन । सवारी दुर्घटनामा ज्यान गुमाउनेको तुलनामा घाईते हुनेको सँख्या उल्लेख्य छ । लकडाउन अवधिभर भएका सडक दुर्घटनामा गम्भीर तथा सामान्य गरी १२२ जना ब्यक्ति घाईते भएका छन । जसमा ४६ पुरुष, ८ महिला, २ बालक र २ बालिका गरी ५८ जना गम्भीर घाईते भएका छन भने ४९ पुरुष, १३ महिला र २ बालक गरी ६४ जना सामान्य घाईते भइ उपचारपछि घर फर्किएका छन । गम्भीर अवस्थाका घाईतेहरुको अझैं पनि उपचार भईरहेको ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्कमा उल्लेख गरीएको छ । यसबिचमा भएका सवारी दुर्र्घटनामा एउटा चौपायाले ज्यान गुमाएको छ भने ३० वटा चौपाया घाईते समेत भएका छन । कोहलपुर नेपालगन्ज सडकखण्डमा अनियन्त्रित रुपमा छाडीएका पशुचौपायाकै कारण दुर्घटनाको जोखिम बढिरहेको ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]