२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा ३७ जनामा कोरोना संक्रमण पुष्टि

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

सागर थापा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको स्वाब परिक्षणमा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । समुदाय स्तरमा कोरोना देखिएपछि विभिन्न ठाउँबाट संकलित स्वाब परिक्षण गर्ने काम भइरहेको छ । घोराही उपमहानगरका विभिन्न वडा, नारायणपुर क्षेत्र, जिल्ला प्रशासन कार्यालय, तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरुबाट संकलन गरिएको कुल ४ सय ४ वटा स्वाब परिक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि भएको छ भने बाँकी ३६७ जनाको रिपोर्ट नेगटिभ आएको छ । आज परिक्षण गरिएका स्वाब यस अघि कोरोना संक्रमण पुष्टि भएका स्थानबाट कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरिएको थियो ।
संक्रमित हुनेमा घोराही उपमहानगरपालिकाका १८ जना रहेका छन् । जस अनुसार वडा नम्बर ६ का १ जना, वडा नम्बर १० का ९ जना, वडा नम्बर ११ का ४ जना, वडा नम्बर १५ का ४ जना रहेका छन् । संक्रमित हुनेमा १० जना पुरुष रहेका छन् भने ८ जना महिला रहेका छन् । तीमध्ये ७ जना जिल्ला प्रशासन कार्यालयबाट संकलित स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएका व्यक्ति हुन् ।
यसैगरी तुलसीपुर क्षेत्रबाट संकलन गरि गरिएको स्वाब परिक्षणमा ९ महिने शिशुसहित १८ जनामा कोरोना देखिएको छ । जस अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ बाट १ जना, वडा नम्बर ५ बाट ४ जना, वडा नम्बर ६ बाट ४ जना, वडा नम्बर ७ बाट २ जना, वडा नम्बर ८ बाट १ जना, वडा नम्बर १७ बाट १ जना, वडा नम्बर १८ बाट २ जना र वडा नम्बर १९ बाट ३ जनामा कोरोना देखिएको छ । यस्तै, जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का १ जनामा पनि कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ८ सय ३८ पुगेको छ । ती मध्ये ७ सय ६ जना उपचारपछि निको भई डिस्चार्ज भईसकेका छन् । बाँकी ९३ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।
यसैबीच, आज संक्रमण पुष्टि भएकाहरुलाई कोरोना विशेष आइसोलेसनमा पठाउने या होम आइसोलेसनमा राखेर उपचार गर्ने भन्ने तय हुन लागेको घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । उता, तुलसीपुर उपमहानगरमा कोरोना पुष्टि भएकाहरुलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लैजाने तयारी भएको तुलसीपुर उपमहानगर कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।
यसैबीच, अहिले बबई गाउँपालिका र बंगलाचुली गाउँपालिकामा सक्रिय कोरोना संक्रमित संख्या शुन्य रहेको छ । समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि कोरोना परिक्षणको दायरा बढाइएको स्थानीय तहहरूले जनाएका छन् । समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम थप गहिरिन नदिन स्थानीय प्रशासनले भदौ २१ गते राति १२ बजेसम्म जिल्लाभर पूर्ण रूपमा निषेधाज्ञा लागु गरेको छ ।
पूर्णकालीन निषेधाज्ञाको समयावधि भोलि राति १२ बजेपछि सकिँदैछ । निषेधाज्ञा हटाउने या लम्ब्याउने भन्ने विषयमा भोलि आइतबार बस्ने बैठकबाट टुंगो लाग्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भोलि बिहान डाकिएको कोरोना संकट व्यवस्थापन समितिको बैठकबाट के गर्ने भन्ने निर्णय गरिने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!