२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा २२ गते देखि २८ गतेसम्म लकडाउन खुकुलो बिहान १२ बजे सम्म बजार खोल्ने

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

सागर थापा दाङ जिल्ला संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले जिल्लामा लकडाउन २२ गतेदेखि २८ गतेसम्म खुकुलो बनाउने निर्णय गरेको हो । बैठकले भोलि २२ गतेदेखि भदौ २८ गतेसम्म दैनिक बिहानको समयमा ६ घण्टा बजार तथा छोेटोदुरीका सवारी साधन संचालन गर्न दिने निर्णय गरेको संकट व्यस्थापन केन्द्रका दाङका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
भदौ २२ गतदेखि बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ला रहने भएको छ, प्रजिअ रिजालले भन्नुभयो–‘छोटो दुरीका सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागु गरेको बजार खुल्ने समयमा मात्रै संचालन गर्न दिने निर्णय भएको छ ।’ जिल्लामा अझै एक साता बिहान ६ बजेदेखि १२ बजेसम्म बाहेक अन्यसमयमा अन्त्यावश्यक बाहेक ठप्प हुने भएको छ । यसअघि संक्रमण रोकथामका लागि भदौ १४ गते राती १२ देखि आज राती १२ बजेसम्म पुर्ण लकडाउन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]