२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

कोरोना महामारीको बेलामा पैसा असुल्ने बैंकलाई कारवाही गर्ने नेकपा विप्लवको चेतावनी

Logo
प्रकाशित सोमबार, भाद्र २२, २०७७

ABC Sanchar
काठमाडौं नेकपा नेतृत्वको नेकपा रूपन्देहीले कोरोना सङ्कटको बेला बैङ्क तथा वित्तीय संस्थाहरूले व्यवसायी तथा ऋणीहरूबाट किस्ता, ब्याज र हर्जनासमेत असुल गर्न ताकेता गर्ने, घरमा पुगेर मानसिक दबाब दिने र ब्याज र हर्जनासमेत असुल गर्न ऋणीहरूलाई धम्की दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
आइतबार जिल्ला सेक्रेटरी प्रभातले प्रेस विज्ञप्ती जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूको यस्तो हर्कतले व्यवसायी तथा ऋणीहरू घरपरिवार र समाजबाटसमेत पलायन हुनुपरेको बताएका छन्।
कोरोना कहरको बेला जनताको गाँस, बास, कपास, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताहरू राज्यले पूरा गर्नुपर्ने दायित्वबाट पन्छिएर केपी वली नेतृत्वको सरकारले उल्टै उठीबास पार्ने कार्य गर्नु निन्दनीय र खेदजनक रहेको भन्दै यस्तो हर्कत तत्काल बन्द गर्न नेकपा रूपन्देहीले चेतावनी दिएको छ।
‘कोरोना सङ्कटको भयावह स्थितिमा श्रमजीवी जनतालाई गाँस, बास, कपास, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता राज्यले पूरा गर्नेपर्ने दायित्वबाट पन्छिएर उल्टै धम्की दिने र उठीबास पार्नेजस्ता घृणित हर्कत गर्नु निन्दनीय र खेदजनक रहेको छ। बैङ्क तथा वित्तीय संस्थाले श्रमिक जनतामाथि गरेको यस्तो व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र आगामी दिनमा यस्ता घटनाहरू नरोकिए जनस्तरबाट प्रतिरोध गर्ने र त्यसको प्रतिफल भोग्न तयार रहन सम्बन्धित निकायलाई जानकारी गराउँछौँ’, विज्ञप्तीमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!