२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोइलाबाँस क्षेत्रमा बसोबास गर्ने वडा बासीलाई जस्तापाता वितरणबाट

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

ABC Sanchar
दाङ कोइलाबास गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाका निवासी सेतु गुरुङको घर खरले छाएको छ । नेपाल–भारत सीमा क्षेत्र वनको छेवैमा गुरुङको घर खरले छाएको सजिलै देख्न पाइन्छ । सोमबार प्रदेश नं. ५ का सांसद इन्द्रजित थारु, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव र वडाध्यक्ष सद्दाम सिद्दिकिले संयुक्तमा गुरुङलाई वडा कार्यालयमा बोलाएर जस्तापाता वितरण गर्नुभयो । अव घरमा खर हैन, टिनका छाना छाउछु पर्छ । वर्षा याममा घर चुहिएर रातभरी जागराम हुने बाध्यता अन्त्यभयो । अव सजिलै निद्रा पर्नेभयो, गुरुङले भन्नुभयो ।’
नेपाल–भारत सीमा क्षेत्र दाङ गढवा गाउँपालिका ८ को कोइलाबासका स्थानीयलाई घरछाउनको लागि जस्तापाता वितरण गरिएको छ । वडा कार्यालयले गरेको आर्थिक वर्षको ७ लाख रुपैयाँ बजेटबाट वडाका २५ घरधुरीको लागि जस्तापाता वितरण गरिएको हो । गढवा गाउँपालिका वडा नम्बर ८ अन्तरगत पर्ने कोइलाबास, डाँडा गाउँ जस्तापाता वितरण गरिएको वडाध्यक्ष सद्दाम सिद्दिकिले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो‘गर्मी मौसममा खरका छानामा आगलागीको खतरा हुने भएका कारण आफ्नो कार्यअवधिभर वडाका सबै घरको खरको छाना हटाउने योजना बनाएको छु ।’ जस्तापाता कार्यक्रमले प्रत्येक वर्ष निरन्तरता पाउने जानकारी दिँदै, वडाध्यक्ष सिद्दिकिले स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर स्थानीय जनप्रतिनिधिलाई सल्लाह र सुझाव दिन आग्रह गर्नुहुदैँ, सुरक्षित आवासको ग्यारेण्टी वडा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबीच वडा कार्यलयबाट जस्तापाता पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् । गढवा गाउँपालिका वडा नम्बर ८ तिलसरी गुरुङ्ले भन्नुभयो, घर छाउन टिन आउन लागेको छ भनेपछि खरको छाना फालेर टिन लगाउन तयार पारेको थिएँ, जस्तापाता पाउँदा खुशी लागेको छ ।’ जस्तापाताको छाना पाएपछि सरकार भएको अनुभूति गरेको कुमालले बताउनु भयो । ‘सरकार भएको महसुस भयो, गुरुङ्ले भन्नुभयो ।
जस्तापाता वितरण कार्यक्रममा प्रदेश ५ का सांसद इन्द्रजीत थारुले सुरक्षित आवासको ग्यारेण्टी सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘टिनको छानोबाट यसको सुरुवात गरिएको छ । तीन तहकै सरकारले जनता आवासको ग्यारेण्टीको कार्यक्रमहरु ल्याएका छन्, सांसद थारुले भन्नुभयो । प्रदेश ५ को सरकारले जनता आवास कार्यक्रम लागू गरी अति विपन्न र दलित समुदायको आवास निर्माण गरिरहेको स्मरण गराउँदै सांसद थारुले कोइलाबास क्षेत्रमा पनि जनता आवास कार्यक्रममार्फत तीनवटा घर बनाउने योजना रहेको बताउनु भयो ।
खरका छाना हटाउने र गरिबका घरमा टिन लगाउने नेपाल सरकारको निती कार्यक्रम बमोजिम गाउँपालिका र वडाहरुले पनि यो अभियान सुरु गरेको अध्यक्ष सहजराम यादवले बताउनुभयो । गतबर्ष कोइलाबासमा ६५ घरधुरीमा टिन लागेको छ भने यसबर्ष २५ जनालाई जस्तापाता वितरण गरिएको छ अध्यक्ष यादवले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!