०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

कोइलाबाँस क्षेत्रमा बसोबास गर्ने वडा बासीलाई जस्तापाता वितरणबाट

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

ABC Sanchar
दाङ कोइलाबास गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाका निवासी सेतु गुरुङको घर खरले छाएको छ । नेपाल–भारत सीमा क्षेत्र वनको छेवैमा गुरुङको घर खरले छाएको सजिलै देख्न पाइन्छ । सोमबार प्रदेश नं. ५ का सांसद इन्द्रजित थारु, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव र वडाध्यक्ष सद्दाम सिद्दिकिले संयुक्तमा गुरुङलाई वडा कार्यालयमा बोलाएर जस्तापाता वितरण गर्नुभयो । अव घरमा खर हैन, टिनका छाना छाउछु पर्छ । वर्षा याममा घर चुहिएर रातभरी जागराम हुने बाध्यता अन्त्यभयो । अव सजिलै निद्रा पर्नेभयो, गुरुङले भन्नुभयो ।’
नेपाल–भारत सीमा क्षेत्र दाङ गढवा गाउँपालिका ८ को कोइलाबासका स्थानीयलाई घरछाउनको लागि जस्तापाता वितरण गरिएको छ । वडा कार्यालयले गरेको आर्थिक वर्षको ७ लाख रुपैयाँ बजेटबाट वडाका २५ घरधुरीको लागि जस्तापाता वितरण गरिएको हो । गढवा गाउँपालिका वडा नम्बर ८ अन्तरगत पर्ने कोइलाबास, डाँडा गाउँ जस्तापाता वितरण गरिएको वडाध्यक्ष सद्दाम सिद्दिकिले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो‘गर्मी मौसममा खरका छानामा आगलागीको खतरा हुने भएका कारण आफ्नो कार्यअवधिभर वडाका सबै घरको खरको छाना हटाउने योजना बनाएको छु ।’ जस्तापाता कार्यक्रमले प्रत्येक वर्ष निरन्तरता पाउने जानकारी दिँदै, वडाध्यक्ष सिद्दिकिले स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर स्थानीय जनप्रतिनिधिलाई सल्लाह र सुझाव दिन आग्रह गर्नुहुदैँ, सुरक्षित आवासको ग्यारेण्टी वडा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबीच वडा कार्यलयबाट जस्तापाता पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् । गढवा गाउँपालिका वडा नम्बर ८ तिलसरी गुरुङ्ले भन्नुभयो, घर छाउन टिन आउन लागेको छ भनेपछि खरको छाना फालेर टिन लगाउन तयार पारेको थिएँ, जस्तापाता पाउँदा खुशी लागेको छ ।’ जस्तापाताको छाना पाएपछि सरकार भएको अनुभूति गरेको कुमालले बताउनु भयो । ‘सरकार भएको महसुस भयो, गुरुङ्ले भन्नुभयो ।
जस्तापाता वितरण कार्यक्रममा प्रदेश ५ का सांसद इन्द्रजीत थारुले सुरक्षित आवासको ग्यारेण्टी सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘टिनको छानोबाट यसको सुरुवात गरिएको छ । तीन तहकै सरकारले जनता आवासको ग्यारेण्टीको कार्यक्रमहरु ल्याएका छन्, सांसद थारुले भन्नुभयो । प्रदेश ५ को सरकारले जनता आवास कार्यक्रम लागू गरी अति विपन्न र दलित समुदायको आवास निर्माण गरिरहेको स्मरण गराउँदै सांसद थारुले कोइलाबास क्षेत्रमा पनि जनता आवास कार्यक्रममार्फत तीनवटा घर बनाउने योजना रहेको बताउनु भयो ।
खरका छाना हटाउने र गरिबका घरमा टिन लगाउने नेपाल सरकारको निती कार्यक्रम बमोजिम गाउँपालिका र वडाहरुले पनि यो अभियान सुरु गरेको अध्यक्ष सहजराम यादवले बताउनुभयो । गतबर्ष कोइलाबासमा ६५ घरधुरीमा टिन लागेको छ भने यसबर्ष २५ जनालाई जस्तापाता वितरण गरिएको छ अध्यक्ष यादवले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!