प्रकशित मिति : २३ भाद्र २०७७, मंगलवार ०७:००

महेन्द्र सिंह बर्दियाको बाँसगढी नगरपालिकामा एकहप्ताकालागि निषेधाज्ञा जारी गरीएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार, सोमवार विहान ६ बजेदेखि लागु हुने गरी भदौ २८ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि जारी गरीएको निषेधाज्ञामा औषधि उपचार, खाद्य बस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक अन्य सबै गतिविधिमा प्रतिवन्द लगाईएको छ । आइतबार बाँसगढीमा रहेको सीजी ग्रुपका ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । बिगत एक हप्तादेखि उक्त उद्योग सील गरिएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com