०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

बाँके प्रहरीले ब्राउन सुगरसहित जमुनाबाट एक महिला पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

महेन्द्र सिंह
बाँके ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध ब्यूरो नेपालगञ्जको संयुक्त टोलीले जमुनाह नाकाबाट ५० ग्राम ब्राउन सुगरसहित एक महिलालाई नियन्त्रणमा लिएको छ
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ३ कि २८ वर्षिया सन्जनादेवी पटहरलाई प्रहरीको संयुक्त टोलीले सोमबार राती ८ बजे सो परिमाणको ब्राउन सुगर बोकेर भारतीय सीमावर्ती बजार रुपैडिहाबाट नेपाल प्रवेश गर्दै गर्दा जमुनाहबाट नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कायालय जमुनाहबाट कोरोना महामारीको बीचमा गरिएको लकडाउनको अवधिमा सबैभन्दा बढी परिमाणको लागू औषध ब्राउन सुगर नियन्त्रणमा लिएको ईन्चार्ज प्रहरी बायव निरिक्षक विष्णु गिरिले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवाश खड्काले ५० ग्राम लागू औषध ब्राउन सुगरसहित प्रहरी नियन्त्रणमा परेकी पटहरमाथि आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!