०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

बाँकेमा एक बृद्धाको कोरोनाबाट मृत्यु

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

महेन्द्र सिंह बाँके नेपालगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार, नेपालगञ्ज–१६ की ८० वर्षीया बृद्धाको कोरोनाका कारण मृत्यु भएको हो ।
बृद्धाको विहान मृत्यु भएको हो । उनलाई पोजिटिभ भएको रिपोर्ट आज नै साढे तीन बजे आएको हो । बृद्धा २१ गते मेडिकल कलेज, नेपालगञ्जमा भर्ना भएकी थिइन् ।
बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । अमेरिका नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) पदभार ग्रहण गर्दैछन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् । अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै, तराइका […]

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

error: Content is protected !!