२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना पुष्टि

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

ABC Sanchar
विराटनगर प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको पीसीआर रिपोर्ट पोजिटिभ आएको उल्लेख छ।
कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि दिएका थिए। प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट मंगलबार पोजिटिभ आएको मन्त्रालय स्रोतले बतायो। संक्रमण पुष्टि भएपछि कार्की प्रदेश प्रहरी कार्यालयकै क्वाटरको आइसोलेसनमा बसेका छन्।
उनले स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिका–१६ भनेर ठेगाना टिपाएका छन्। उक्त ठेगाना उनी कार्यरत रहेको विराटनगरको रानीस्थित प्रदेश प्रहरी कार्यालयको हो।
प्रदेश १ मा हालसम्म तीन सय ५५ जना नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये दुई सय २० जना कोरोना जित्दै डिस्चार्ज भइसकेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!