२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पालमुनि बसेर सीमा सुरक्षा गर्दै सशस्त्र प्रहरी

Logo
प्रकाशित बुधबार, भाद्र २४, २०७७

महेन्द्र सिंह
बाँके सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई बस्न बर्दियामा विभिन्न स्थानमा पोस्ट निर्माण गर्न थालिएको छ ।
बर्दियामा आठवटै नगरपालिकाले सशस्त्र प्रहरी पोस्टहरु एक-एकवटा निर्माण गर्ने जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेअनुसार हाल दुई पालिकाले पोष्ट निर्माणमा सहयोग गरेका छन् भने अन्य छ पालिकामा भने अझै सशस्त्र प्रहरी बस्ने क्याम्प निर्माण हुन बाँकी रहेको बताइएको छ ।
बर्दियामा रहेका २५ ठाउँमा स्थायी पोष्ट नहुँदा त्रिपालमुनि बसेर सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणका प्रहरी उपरीक्षक नवराज राउतले जानकारी दिए। अहोरात्र रातदिन कोरोनासँगै जुध्दै सीमा नाका सुरक्षामा खटिंदा समस्या भएको उनको भनाइ छ ।
बारबर्दिया नगरपालिकाले रु १० लाखको आर्थिक सहयोगमा गुलरिया नगरपालिका-९ मा सशस्त्रको पोस्ट निर्माण कार्य अघि बढिरहेको छ । बाँसगढी नगरपालिकाको आर्थिक सहयोगमा बढैयाताल गाउँपालिका-८ को कण्ठपुर चोकमा पोष्ट निर्माण हुन लागेकाले यतिबेला त्रिपालमुनि बसेर सुरक्षा दिइरहेको उनले बताए ।
यसैबीच सशस्त्र प्रहरीले एक सातामा रु ३० लाख बराबरको सामान पक्राउ गरी बर्दियाको गुलरियामा रहेको छोटी भन्सार कार्यालयमा बुझाएको छ ।
बर्दियामा चोरी तस्करी नियन्त्रण अभियानमा सशस्त्र प्रहरी बल ३१ नम्बर गण सक्रियरुपमा लागेको छ । यस आवमा भदौ १७ गतेसम्ममा सशस्त्र प्रहरी बल नेपालको टोलीले चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको सूर्तीजन्य सामग्रीहरु किराना समान, कपडा, मल, विद्युतीय सामानहरु गरी रु २९ लाख ६२ हजार ३४ बराबरको समाना पक्राउ गुलरिया छोटी भन्सार कार्यालयमा बुझाएको जानकारी राउतले जानकारी दिए ।-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]