०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

काठमाडौंमा नक्कली सुन बरामद प्रकरणमा २ जना गहना व्यवसायी पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र २४, २०७७

ABC Sanchar
काठमाडौं गत साउन १३ गते काठमाडौंको कमलादीबाट साढे १४ किलो नक्कली सुन (चाँदी) र आधा किलो सुन बरामद पक्ररणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु काठामाडौंको न्यूरोड क्षेत्रमा सुनचाँदीको व्यवसाय गर्दै आएका व्यापारी हुन् । महानगरीय प्रहरी परिसर काठामाडौंका अनुसार नक्कली सुन बरामद प्रकरणमा न्यूरोडमा रहेको लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई भदौ १५ गते नै पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
गत साउन गते काठमाडौंको कमलादीबाट १५ किलो सुनजस्तो देखिने पहेँलो धातु प्रहरीले बरामद गरेको थियो । बरामद गरिएको धातु परीक्षण गर्दा आधा किलो माात्रै सक्कली सुन निस्किएको थियो भने साढे १४ किलो चाँदी निस्किएको थियो ।
प्रहरीका अनुसार उक्त आधा किलो सुन तस्करहरुले लक्की ज्वेलर्सका श्रीनिवास उपाध्यायसँग किनेका थिए । श्रीनिवास उउपाध्याले उक्त सुन अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारसँग किनेका थिए ।
अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारले भने उक्त सुन राष्ट्र बैंकबाट किनेका थिए ।
राष्ट्र बैंकबाट किनेको सुन नेपालमा गहनाको रुपमा मात्रै बिक्री गर्न पाइन्छ । तर, ताम्राकारले ढिक्काको रुपमा उपाध्याय र उपाध्यायले तस्करहरुलाई बिक्री गरेको पाइएपछि प्रहरीले उनीहरु दुवैजनालाई पक्राउ गरेको हो ।
तस्करहरुले चाँदीको ढिक्कामा सुनको लेपन लगाएर सुन नै हो भनेर १५ किलो बिक्री गर्न लागेका थिए ।
त्यस प्रकरणमा प्रहरीले चाँदीमा सुनको लेपन लगाउनेदेखि तस्करी गर्नेसम्मलाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेकाहरुविरुद्ध संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले कमलादीबाट नक्कली सुनसहित २ थान पेस्तोल समेत बरामद गरेको थियो ।
उक्त प्रकरणमा प्रहरीले तस्करहरु इल्ताफ हुसेन अन्सारी, निलेश शाखिया, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल, प्रहरी जवाान प्रसन्न श्रेष्ठ, प्रहरी जवान प्रसन्नका घरधनी उमेश श्रेष्ठ, प्रहरी जवान बहादुरसिंह कडायत र चाँदीमा सुनको जलप लगाउने मनिषलाई पक्राउ गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!